अदालतको आदेश पनि पोखरा महानगरले टेरेन ?

२२ चैत ८०, शुक्रबार

२३ चैत , काठमाण्डौ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलित स्थानीयहरुले मेयर आचार्यले फेवातालको संरक्षण र संवद्र्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीवास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्र रहेका संरचना हटाउन दिएको आदेशको अहिलेसम्म पकार्यान्वयन गर्न भने महानगरले सकेको छैन । स्थानीयहरुले अदालतको आदेश पालना नगर्ने, पहुँच र सम्बन्ध नपुग्नेलाई व्यक्तिगत जग्गा भोगचलन गर्न रोक लगाई अधिकारबाट वञ्चित गराउने, अनुहार, पहुँच, आदेश र मुखको भरमा कानून स्थापित गर्ने पोखरा महानगरको विभेद र ज्यादती अन्त्यको लागि भन्दै फेवातालका उपल्लो क्षेत्रका बासिन्दाहरु एकजुट भएका छन् ।

Advertisement

महानगरको ज्यादती बिरुद्ध सशक्त रुपमा आन्दोलनको उत्रने स्थानीयले बताएका छन् । फेवाताल क्षेत्रका स्थानीय युवराज खतिवडाले पोखरा महानगरपालिकाले अदालतको आदेश पालना नगरेको बताए । उनले महानगरले आवासीय जमिनमा हक जमाउन खोजेको जनाए । स्थानीय खतिवडाले फेवाताल क्षेत्रको आवासीय जग्गा सुरक्षित गर्नको लागि प्रयोग गर्दा नियन्त्रणमा लिएका सवारी साधनहरु फिर्ता गर्न अदालतले आदेश दिँदा समेत पालना नगरेको सुनाए ।

उनले जग्गाका मोहीहरु सम्बन्धित निकायहरुमा न्यायको लागि जान तयार रहेको पनि बताए । फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको जग्गामा समेत महानगरले हक जमाउन खोजेको भन्दै उनले मेयरको प्रिय बन्न नसक्दा आफ्नो जग्गा आफैँले पाउन नसकेको गुनासो गरे । स्थानीय गीता भुजेल पनि फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको आफ्नो जग्गाको भोगचलन गर्न पाउनुपर्ने बताउँछिन् ।

उनले जग्गामा प्लटिङ गरेर अन्य सबैले आफ्नो तरिकाले भोगचलन गरे पनि आफूहरुले प्लटिङ गरेर खेती गर्न महानगरले नदिएको गुनासो गरिन् । अर्का स्थानीय देविलाल लामिछानको पनि त्यस्तै गुनासो रहेको छ । उनले उच्च अदालतले फेवाताल क्षेत्रका तिरो तिरेका र लालपूर्जा भएका जग्गा हक भोग गर्न दिन आदेश दिएपनि महानगरले ज्यादती गरेर रोक लगाएको गुनासो गरे ।

जग्गाको रातोकिताब सिरानीमा राखेर हिँडिरहेको बताए । महानगरपालिकाले आफ्नो चित्त नबुझ्ने र पहुँच नपुग्नेलाई डोजर लगाइ रोक लगाएकोे उनीहरुको आरोप छ । महानगरका मेयर आचार्यले आफ्नो चित्त बुझाईदिनेलाई प्लटिङ गरेर जग्गा कारोवार गर्न खुला छोडेको आरोप लगाए ।

उनीहरुले आवास क्षेत्रलाई मेयर आचार्यले हचुवाका भरमा सिमसार भन्दै स्थानीयलाई अनावश्यक दुःख र हैरानी दिँदै आएको बताए । वर्षौंदेखि जमिनको उपभोग गर्दै महानगरमा तिरो तिर्दै आएका जग्गाधनीलाई आफूखुसी भोगचलन गर्न रोक लगाउन नपाउने उनीहरुको माग छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top