छिमेकीसंग पाकिस्तानको पानी बाराबार,साउदीसंग गुहार

२४ चैत ८०, आइतबार

२५ चैत, विराटनगर ।
एकअर्काबाट छुट्दिै गर्दा देखिको परम शत्रुका रुपमा रहेका भारत–पाकिस्तान फेरि एक पटक वाकयुद्धमा उत्रिएका छन् । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले दिएको एक बयानले दुई देशबीच अहिले आरोपप्रत्यारोप चलिरहेको छ ।

शुक्रबार राजनाथले यदि कुनै आतंकबादी भारतमा पसेर हमला गरेर छिमेकी देशमा भाग्छ भने भारतले पाकिस्तान भित्र पसेर कारबाही गर्न कत्ति पनि नहिच्किचाउने बताएका थिए ।

शनिबार त्यसको जवाफमा पाकिस्तानले आपत्ति जनाउँदै आफ्नो संप्रभुताको रक्षा गर्ने सवालमा आफू दृढ र क्षमतावान रहेको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक बयान जारी गर्दै भनेको छ कि, पाकिस्तानले सधैं यो क्षेत्रमा शान्तिका लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ ।

तर शान्तिको उसको इच्छालाई गलत नसम्झिन पनि चेतावनी दिएको छ । भारतीय रक्षामन्त्रीको बयानको आलोचना गर्दै पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, चुनावी लाभ लिनका लागि भारतको सत्तारूढ दल गलत बयानबाजी गरिरहेको छ ।

खासमा भएको के थियो भने, ब्रिटिश अखबार द गार्जियनले आफ्नो एक रिपोर्टमा लेखेको थियो– पाकिस्तानमा भारत आतंकवादीहरुको सफाया गर्दैछ । यसैबारेमा रक्षा मंत्री राजनाथ सिंहलाई एक इंटरभ्यूमा प्रश्न सोधिएको थियो ।

त्यसको जवाफमा उनले भारतले घरमै घुसेर मार्नेसम्म भनेका थिए । यसैमा आपत्ति जनाउँदै पाकिस्तानले बयानमा पनि भनेको छ कि, पाकिस्तानभित्र मनोमानी ढंगले पसेर यहाँका नागरिकलाई आतंकवादी भन्दै मार्ने तयारी गर्नु र त्यस्ता खुला चेतावनी दिनुले भारत दोषी रहेको देखाउँछ र यसलाई स्वयंले मानिपनि रहेको देखाउँछ ।

अन्तर्राष्ट्रिय समुदायका लागि यो आवस्यक छ कि उसले भारतलाई उसको जघन्य र गैरकानूनी कार्यहरुका लागि जवाफदेही ठहराओस । भारतसंग यस्तो वाकयुद्ध चलिरहँदा पाकिस्तानले साउदी अरबसंगको आफ्नो निकटता बढाउने प्रयास थालेको छ ।

नयाँ प्रधानमन्त्री शहबाज सरिफले विगतको परम्परालाई पछ्याउँदै आफ्नो पहिलो भ्रमण साउदीबाट गरेर त्यो सम्बन्धमा थप ईटा थप्ने प्रयास गरेका छन् ।

पाकिस्तानका हालको राजनीतिक इतिहासमा जसले पनि चुनाव जितेर प्रधानमन्त्री बने, तिनले पहिलो विदेश भ्रमणका लागि साउदी अरबलाई रोजेका थिए । चाहे नवाज शरीफ हुन् वा इमरान खान उनीहरुले साउदीबाटै विदेश भ्रमण सुरु गरेका थिए ।

शनिबार पनि शहबाज शरीफ आफ्ना केही मन्त्रीहरुलाई साथमा लिएर दुई दिनका लागि साउदी पुगेको पाकिस्तानको विदेश मंत्रालयले जनाएको छ । त्यहाँ उनको साउदी क्राउन प्रिंस र प्रधानमंत्री शहजादा मोहम्मद बिन सलमानसंग भेटवार्ता भएको बताइएको छ ।

शरीफका साथमा पाकिस्तानका विदेश मन्त्री, रक्षा मन्त्री, आर्थिक मामिला मन्त्री र सूचना मन्त्री पनि संगै छन् । पाकिस्तानी प्रधानमन्त्रीको साउदी अरबको दौडाहा यस्तो बेला भएको हो, जतिबेला उनको देशले आर्थिक संकटको सामना गरिरहनु परेको छ ।

शहबाज शरीफले गत महिना प्रधानमन्त्रीको शपथ लिएपछि संकटमा रहेको अर्थव्यवस्थालाई आफ्नो सरकारका लागि एक चुनौती रहेको बताएका थिए । अंतर्राष्ट्रीय मुद्रा कोष (आईएमएफ)ले पनि पाकिस्तानको अनुरोधमा आउँदो केही महिनाभित्र नयाँ प्रोग्रामका लागि छलफल गर्न सहमति जनाएको छ ।

पाकिस्तान र आईएमएफबीच गत वर्ष जूनमा तीन अर्ब डलरको स्टान्डबाई एग्रीमेन्टमा हस्ताक्षर भएको थियो । जसमध्येको एक अर्ब दस करोड डलरको अन्तिम किस्ता पाकिस्तानले यस वर्ष पाउँने छ । पाकिस्तानको सरकारले आफ्नो देशलाई अहिलेको आर्थिक संकटबाट बाहिर निस्कनका लागि आईएमएफले थप रिण सहयोग गरोस भन्ने पनि आशा गरेको छ ।

यता साउदी पनि विगतमा पाकिस्तानलाई बेलाबेला सहयोग गर्दै आएको थियो । २०२१ को नोभेम्बरमा पनि पाकिस्तानको ओरालो लाग्दो विदेशी मुद्रा कोषलाई साहारा दिनका लागि साउदीले पाकिस्तानको केंद्रीय बैंकको खातामा तीन अर्ब डलर एक वर्षका लागि जम्मा गरिदिएको थियो ।

यद्यपी पछि साउदी सरकारले यसको अवधिमा लगातार कयौं पटक विस्तार गर्यो र अब यो रकम पाकिस्तानी बैंकको खातामा डिसेम्बर २०२४ सम्म जम्मा रहन्छ ।

अहिले जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमा पनि साउदीबाट लगानी भित्राउन र अन्य आर्थिक मामिलामा छलफल हुने बताइएको छ । साउदी अरब पाकिस्तानको रणनीतिक र आर्थिक साझेदार हो ।

यस्तै साउदीमा मुसलमानहरुको सबैभन्दा पवित्र मानिने मस्जिदहरु पनि रहेका छन् । यस कारण पनि पाकिस्तानी नेताहरुको परंपरा नै रही आएको छ कि सत्तामा आएपछि साउदी पुगेर सिंगो इस्लामी समुदायसंग ऐक्यबद्धता जनाउने ।

यस्तै कतिपय विश्लेषकहरु भन्छन्, पाकिस्तानी नेता र सैनिक अधिकारीहरु आमरुपमा साउदी शाही परिवारसंग आफ्नो राजनीतिक संबंध मजबूत बनाउनका लागि त्यहाँ पुग्छन् ।

यसैपनि साउदी अरबको गन्ती ती देशहरुमा हुने गरेको छ जसको पाकिस्तानसंग दशकौंदेखि राम्रो सम्बन्ध रहेको छ । यसैकारण पनि आर्थिक संकटका बेला मानिसहरुलाई आशा रहन्छ कि साउदी शाही परिवारले अप्ठ्यारो समयमा पाकिस्तानको सहयोग गर्छ ।

विगत एक दशकमा पाकिस्तानको अन्त्य नहुने जस्तो देखिएको आर्थिक संकटहरुका कारण पनि पाकिस्तानी नेताहरुको यस्तो भ्रमण साउदी नीति निर्माताहरुसंग आर्थिक सहयोग माग्नका लागि प्रयोग हुँदै आएको छ, जो अब एक परम्परा नै बनिसकेको छ ।

तर कुटनीतिका जानकारहरु भन्छन्, शहबाज शरीफले आफ्नो अघिल्लो सरकारमा पनि साउदी अरबको भ्रमण गरेका थिए, तर त्यतिबेला केही उपलब्धि भने हासिल गर्न सकेका थिएनन् । साउदी अरबले त्यतिबेला केही अतिरिक्त संसाधन दिने कुरा त गरेको थियो तर केवल त्यो शर्तमा जब पाकिस्तान आईएमएफको शर्तमा चल्ने छ ।

त्यसो हुँदा अहिले पनि साउदीले पाकिस्तानलाई आर्थिक सहयोग गर्दा यस्तै केही सर्त राख्न सक्ने पनि आकलन गरिएको छ ।तर केही विश्लेषक भन्छन्, क्राउन प्रिंस मोहम्मद बिन सलमान प्रधानमंत्री बनेपछि र उनको ’भिजन २०३०’ सार्वजनिक भएपछि साउदी अरबले पाकिस्तानलाई आर्थिक सहयोगका लागि एक नयाँ प्रक्रिया तय गरेको छ ।

ख्याल गर्नु पर्ने कुरा के छ भने, साउदी अरबको अर्थव्यवस्था दशकौंंदेखि तेलबाट हुने आम्दानीमा निर्भर रहेको छ । तर अब मोहम्मद बिन सलमान आफ्नो ’भिजन २०३०’ का माध्यमबाट यसबाट छुटकारा पाउन चाहान्छन् ।

शहबाज शरीफको पहिलो प्रधानमन्त्री कालमा पनि साउदी अरब पाकिस्तानमा ठुलो पुँजी लगानीका लागि तयार थियो तर पाकिस्तान सरकारले यसका लागि कुनै ठोस योजना दिन सकेन ।

प्रधानमन्त्री शरीफ अहिले पनि समस्याहरुको चांगमा छन् किनभने उनको सरकार पाकिस्तानको कमजोर, निष्क्रिय र कम क्षमता भएका नागरिक र सैनिक ब्यूरोक्रेसीमा निर्भर छ । खासमा शहबाज शरीफ र पाकिस्तानी सेनाको समस्या नै यो हो कि उनीहरुसंग सहयोगको बदलामा साउदीलाई दिनसक्ने केही छैन ।

खासगरी यमनको विवादका क्रममा पाकिस्तानको त्यहाँ सेना नपठाउने निर्णयपछि यी सम्बन्धहरुमा पाकिस्तानको रक्षा क्षमतावाला मामिला अब त्यति महत्वपूर्ण मानिदैन । सन २०१५ मा यमनमा ईरानको समर्थन रहेको हूथिविरुद्धको युद्धमा साउदी अरबले पाकिस्तानबाट सैनिक सहयोगको आश गरेको थियो ।

तर त्यस समय पाकिस्तानको संसदले यो युद्धको हिस्सा नबन्ने निर्णय गरेको थियो । यता हालै साउदी अरब र ईरानबीच सम्बन्ध पुर्नबहाली भएपछि पाकिस्तानले आफ्नो प्रभाव पनि गुमाएको छ ।

चीन बाहेक भारत, अफगानिस्तान सहितका छिमेकीहरुसंग कटु सम्बन्ध रहेको पाकिस्तानले साउदी अरबसंगको सम्बन्धलाई थप मजबुद बनाउन सक्ला ? के गठबन्धनको प्रधानमन्त्री बनेका शहबाज शरीफले साउदी राज परिवारलाई आर्थिक सहयोगका लागि मनाउन सक्लान्? यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top