अमेरिकी चेतावनीपछि इजरेलले फिर्ता बोलायो सेना

२६ चैत, एजेन्सी ।

इजरायलले आइतबार दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै स्थलसैनिक फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकलाई फर्कन रोकिएको छ । इजरायली रक्षा बलले गाजा वरपर नयाँ सुरक्षा क्षेत्र स्थापना गरेपछि आफूलाई पुनर्गठित गरेको छ । इजरायली सेनाले अब गुप्तचरमा आधारित छापा मार्ने र आवश्यक परेमा गाजामा फर्कने तयारीमा रहेको बताइएको छ ।

अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इजरायलले आइतबार गाजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो । यद्यपि सैनिकको प्रस्थान राजनीतिक दबाबसँग सम्बन्धित नरहेको बताइएको छ ।समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इजराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिएको छ ।

इजराइली रक्षामन्त्री योअभ गालान्टले दक्षिणी गाजा क्षेत्रमा थलसेना घटाइएपनि सैनिक निगरानी कायम रहेको बताएका छन् । उनले भविष्यमा हमासविरूद्ध गरिने थप कारबाहीको तयारी गर्न सैनिकहरूलाई बोलाइएको स्पष्ट पारे । तर, इजरायलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्धको आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपु¥याउन र मानवीय सहायताका कार्यहरूलाई सुरक्षित गर्न चेतावनी दिएको थियो ।

दुई साताअघि गाजामा मानवीय सहायता लिएर पुगेको वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसिके)का ७ जना स्वयंसेवकहरू इजराइली हवाई आक्रमणमा मारिएका थिए । त्यसपछि अमेरिका, बेलायत लगायतका शक्ति राष्ट्रहरूले इजरायलको उक्त कदमको भर्त्सना गरेका थिए । इजराइलले भने भूलवश मानवीय सहायताकर्मीहरू मारिएको भनेर टारेको थियो ।

उक्त घटनापछि गजामा मानवीय सहायताकर्मीहरू सुरक्षित हुने अवस्था सुनिश्चित गर्न भन्दै अमेरिकाले इजराइल नीतिमा नै विचार गर्ने चेतावनी दिएको एक सातामा इसराइलले गजामा सैनिक संख्या घटाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गाजामा युद्धविराम गर्ने विषयमा इजिप्टले मध्यस्तता गरिरहेको बताएका छन् ।

त्यसका लागि हमासका अधिकारीहरू इजिप्ट पुगिसकेको र इजराइली पक्षलाई पनि छलफलका लागि आह्वान गर्ने बताइएको छ । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुले हमासले आफ्ना नागरिकहरूलाई मुक्त नगरेसम्म युद्धविराम नगर्ने बताएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति राष्ट्रसँगै देशभित्रै पनि प्रधानमन्त्री नेतेन्याहुको विरोध गर्ने नागरिकको संख्या बढेको छ ।

उनीहरूले पनि गाजामा वार्तामार्फत त्यहाँ बन्दी बनाइएका इजराइली नागरिकहरूलाई फिर्ता ल्याउन माग गरिरहेका छन्। देशभित्र र बाहिर नेतेन्याहुमाथि चर्को दबाब भएपछि इजिप्टमार्फत युद्धविरामको पहल भइरहेको बताइएको छ । अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इजराइलमा १ हजार २ जना मारिएका थिए ।

उक्त आक्रमणमा १० जना नेपाली नागरिक पनि मारिएका थिए भने विपिन जोशीसहित २४९ जनालाई हमासले बन्दी बनाएर गाजा पु¥याएको थियो । त्यसयता इजराइलले लगातार गजामा आक्रमण गर्दै आएको छ । गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top