२६ चैत ,काठमाण्डौ।
गएको शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि बाटो हिँड्ने बटुवा भिक्षुहरूलाई समेत प्रहरीले कुटपिट गरेको भिडिओका कारण यतिबेला नेपाल प्रहरीको आलोचना बढेको छ । भद्रकालीमा दुई बौद्ध भिक्षुमाथि लात्ती प्रहार भएको भिडिओ सञ्जालमा भाइरल छ ।
आन्दोलनमा कुनै सरोकार नभएका भिक्षुमाथि कुटपिट भएको भिडिओ बाहिरिएसँगै प्रहरीको आलोचना बढेपछि घटनामा सम्लग्न प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।
उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको व्यवहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा लेखिएको छ । राष्ट्रिय मुक्ति क्रान्तिका कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि काठमाडौंको भद्रकालीमा प्रहरीसँग झडप भएको थियो ।केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।
राष्ट्रिय मुक्ति क्रान्तिको नेवा राष्ट्रिय परिषद्ले गरेको प्रदर्शनमा सहभागीहरुले भद्रकालीमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रहरीसँग घम्साघम्सीपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीले लाठी चार्ज गर्न थालेपछि भद्रकालीको अवस्था शनिबार दिउँसो तनावग्रस्त भएको थियो ।प्रहरीले पानीको फोहोराले भिड तितरबितर गर्न थालेपछि नेता र प्रदर्शनकारीहरु भद्रकालीबाट लखेटिएका थिए ।
बहुल राष्ट्रिय राज्य निर्माणको अभियान भन्दै राजेन्द्र महतोले केही दिनयता राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट असन्तुष्ट भएका महतो छुट्टै राजनीतिक दल गठनको गृहकार्यमा छन् । प्रदर्शनको क्रममा केही आन्दोलनकारी पक्राउ परेका छन् । केही प्रहरी घाइते भएका थिए ।