सुनमा आजपनी ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ३६ हजार ३ सय रूपैयाँ कायम

२६ चैत ८०, मंगलबार

२७ चैत ,काठमाण्डौ ।

नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।यसअघि सोमबार ९हिजो० हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ६ सय ८५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top