×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

ओलाङचुङगोलामा पहिलो पटक गाडी , ओली बने साक्षी

३० चैत्र २०८०

३० चैत , काठमाण्डौ।

उत्तरी चीनको सीमा क्षेत्र ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । सडकको ट्रयाक छिचोलिएसँगै गएको मंगलवार पहिलोपटक सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । तीन हजार दुई सय मिटर उचाइको यो बस्तीमा गाडी पुगेको दुई दिनपछि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुगेका थिए ।

केही वर्षअघि नै चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म स्थानीयबासिन्दाको पहलमा सडक बनेको थियो । सदरमुकामतर्फबाट भने भर्खरै मात्र सडकको ट्रयाक छिचोलिएको हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने टिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । कोभिडपछि भने नेपाल र चीनको नाका बन्द रहेको छ । ३२ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ५६ वटा घर छन् ।

सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इन्चार्ज राजीव लामिछानेले बाटो सफा गर्ने, ग्रेडिङ मिलाउने कार्य सकिएपछि गोलासम्म फोरह्विल जिप तथा ट्याक्सी सदरमुकाम फुङलिङबाट गोला पुगेको बताएका छन्  । एलाइट जेभीले फुङलिङदेखि ३८ किलोमिटर दूरीमा रहेको रानीपुलबाट गोलातर्फको बाटोको ट्र्याक ओपन, बाटो सफा गर्ने र ग्रेडिङ मिलाउने कार्य सकिएको जनाएको छ ।

सदरमुकाम फुङलिङबाट मित्लुङ, सिंवा हुँदै तमोर नदीको किनार भएर सडकको ट्र्याक खुलेपछि फुङलिङ–गोलाको दूरी पनि छोटिएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले अब बाह्रै महिना सवारी चलाउन मिल्ने गरी स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका छन् । उनले तमोर करिडोर त्रिदेशीय नेपाल, भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग भएकाले यसलाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी काम अगाडि बढाउने बताएका छन् ।

विहीबार ओलाङचुङगोलामा पुगेर ओलीले चीन र नेपालका यी नाका हुँदै विगतमा जनताले सम्बन्ध जोडेको चर्चा गर्दै अब कुनै पनि कारणले आवतजावत लगायत गतिविधि रोकिन नहुनेमा जोड दिए । उनले चीनलाई भारतसँग जोड्ने सबैभन्दा छोटो रुट ताप्लेजुङमा पर्ने भएकाले टिप्तालादेखि जोगवनीको बाटोलाई छिटो सुधार र सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्री महासेठलाई आग्रह गरे ।

उनले स्मरण गरेका छन्, नेपाल र चीनवीच पारवहन सन्धिपछि हामीले यो लगायत ९ वटा सडक मार्गले नेपाल र चीनलाई जोड्ने योजना अघि बढाएका थियौं ।ओलाङचुङगोलासम्म सडक पुगेसँगै यो अब चीनसँग जोडिएको तिप्ताला नाकासम्म सवारी साधन पुग्न सक्ने गरी जोडिएको छ । ८ वर्षअघि भारतीय नाकाबन्दीका बेला ओलीले उत्तरी सीमा नाका खुलाउने तथा चीनमार्फत अरु देशसँगको पहुँच पाउनु नेपालको भूपरिवेष्ठित देश हुनुको अधिकार रहेको वकालत गरेका थिए । त्यसयता उनी कुनै न कुनै रुपमा भारतसँग उतारचढावपूर्ण सम्बन्धमा छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top