इरानलाई जवाफ दिन अमेरिका डरायो, संभावित युद्ध टर्याे

३ वैशाख , एजेन्सी ।

इरानको मिसाइल आक्रमणको चपेटामा परेको इजरायललाई कुनै पनि सहयोग गर्न तयार रहेको बताउने अमेरिका अन्तत इरानविरुद्ध इजरेलले चाल्ने जवाफी प्रत्याक्रमणबाट भने पछि हटेको छ । इरानविरुद्ध इजरायलले जवाफी हमला थाले अमेरिकाले समर्थन नगर्ने भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका बीबीसीले उल्लेख गरेको छ ।

गएको शनिबार साँझ इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो । इरानले अप्रिल १ मा सिरियास्थित आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ । आक्रमण नगर्न दिएको चेतावनीका बीचपनि इरानले इजरालमाथि प्रत्यक्ष रुपमा मिसाइल आक्रमण गरेपछि रुष्ट बनेको अमेरिकाले यसअघि इजरायलको साथमा आफू रहेको भन्दै इजरायललाई सहयोग गर्न पछि नपर्ने बताएको थियो ।

तर इजरायलले इरानलाई उचित जवाफ दिने बताइरहेका बेला अमेरिका पछि हटेको हो । इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले ‘लक्ष्य’मा पुग्नुअघि नै खसालेका थिए । अमेरिकी अधिकारीका अनुसार, यो हमलापछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयमता अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार, बाइडेनले नेतान्याहूलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन् ।इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो । इजरायलमा आक्रमण गर्दा इरानले प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी यो रणनीतिले इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वमा फैलन खोजेको सम्भावित ठूलो युद्ध तत्कालका लागि टरेको छ । वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दबाब दिएपछि इजरायल तत्काललाई पछि हटेको छ । इजरायलले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेको छ ।

दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्सलगायत देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरू इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो । तर, इरानले तत्काल थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दबाब दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कूटनीतिक निर्णय गर्नुले तत्काललाई युद्ध टरेको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबीसीको ‘मिट द प्रेस’ मा भने, ’हामी यो सङ्कट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।’अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताएका छन् । इजरायल यतिबेला गाजामा हमास विद्रोहीविरुद्ध समेत लडिरहेको छ । यद्यपि इरानलाई जवाफ दिन इजरेल सरकारमा भने एक मत रहेको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top