×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

सलमानमाथि फेरि धम्की, विश्नोईले लियो जिम्मा

३ बैशाख २०८१

३ वैशाख  , एजेन्सी ।

बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको घटनामा प्रहरीले सम्लग्नहरुको तस्विर सार्वजनिक गरेको छ । आइतबार विहान दुईवटा मोटरसाइकलमा गएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

Advertisement
Advertisement

सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ । एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर आएको छ।

जसमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ । मुम्बई प्रहरीलाई उधृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेअनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ । दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ ।

एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ, जसमा सलमानमाथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । यसअघि २०२२ मा पनि सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो । त्यतिबेला सलमानलाई धम्कीपूर्ण चिठी पठाएर ज्यान मार्ने धम्की दिइएको थियो ।

सलमानले सधैँ मर्निवाक जाने ठाउँमा चिठी भेटेका थिए । सन २००८ मा पनि कालो हरिण मारेको घटनामा विश्नोइले सलमानलाई मार्ने धम्की दिएको थियो । बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

Advertisement
Advertisement

लरेन्स भने जेलमा सजाय काटिरहेका छन् । यसअघि उनले जेलभित्रबाटै एक टेफिभिजनमा अन्र्तवार्ता दिदै सलमान खानले माफी माग्नु पर्ने बताएका थिए । कालो हरिण प्रकरणमा भने सलमानले सजाय भोगिसकेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top