विराटनगर : मोरङ जिल्लाको बेलबारी नगरपालिका – ८ कदम चौकमा फुटबल खेल्ने क्रममा अचानक बेहोस हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलबारी सोही स्थान घर भएका गणेश बस्नेतका छोरा १८ वर्षिय नारायण बस्नेत रहेका छन् ।शनिबार दिउँसो घर नजिकै फुटबल खेल्ने क्रममा उनी एक्कासी लडी बेहाश भएका थिए ।
बेहोस अवस्थामा रहेका नारायणलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।यो समाचार आजको उद्घोष दैनिकमा समाचार छापिएको छ।