फुटबल खेल्ने क्रममा मृत्यु

फुटबल खेल्ने क्रममा मृत्यु

विराटनगर : मोरङ जिल्लाको बेलबारी नगरपालिका – ८ कदम चौकमा फुटबल खेल्ने क्रममा अचानक बेहोस हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलबारी सोही स्थान घर भएका गणेश बस्नेतका छोरा १८ वर्षिय नारायण बस्नेत रहेका छन् ।शनिबार दिउँसो घर नजिकै फुटबल खेल्ने क्रममा उनी एक्कासी लडी बेहाश भएका थिए ।

बेहोस अवस्थामा रहेका नारायणलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।यो समाचार आजको उद्घोष दैनिकमा समाचार छापिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.