×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

आईपीएलमा अब दीपेन्द्रलाई कसैले रोक्न नसक्ने !

४ बैशाख २०८१

४ वैशाख , काठमाण्डौ।
पहिलो पटक त्यो पनि दोहोर्याएर होइन तेहेर्‍याएर इन्डियन प्रिमियर लिग आईपीएल खेलेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने अहिले क्रिकेट मैदान बाहिर छन् । सन्दीप पछि, न अघि कुनै पनि खेलाडीले आईपीएल खेल्ने अवसर अहिलेसम्म पाएका छैनन् ।

जारी १७ औं संस्करणका लागि नेपालबाट आधादर्जन खेलाडीहरुले नाम दर्ता गराएपनि उनीहरु अक्सनसम्म पुग्न सकेनन् । अन्र्तराष्ट्रिय जगतमा समेत विभिन्न कीर्तिमानसहित आफ्नौ छुट्टै क्षमता रहेका नेपाली खेलाडीहरुलाई आईपीएलबाट नजरअन्दाज गरिनु आईपीएलका लाखौं दर्शकहरु बनेका नेपालीहरुका लागि पक्कै पनि बिडम्बनाको विषय हो ।

Advertisement
Advertisement

तर यो अवस्था भोलिका दिनमा नदोहोरिने संभावना बढेको छ । कारण नेपालका विश्वकीर्तिमानी क्रिकेटर विश्वमाझ लोकप्रिय बनिसकेका छन् । ती मध्येका एक हुन् दिपेन्द्र सिंह ऐरी । उनले ब्याटबाट भर्खरै ओमानमा देखाएको जादुबाट हर कोही उनको फ्यान बनेको छ । नेपालमा मात्रै होइन क्रिकेटर, विश्लेषक, कमेन्टेटर, विशेष गरी भारतीय संचारमाध्यामहरुले ऐरीको खुलेर प्रशंसा गरेका छन् ।

 

हरेक भारतीय संचारमाध्यामहरुले दीपेन्द्रको ६ छक्कालाई खेलकुदको मुख्य समाचार बनाएका छन् । जारी आईपीएलमै ऐरीले ब्याटबाट देखाएको जादुको उदाहरण दिन थालेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारविरुद्ध शानदार जित निकाल्ने क्रममा दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले ।

उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । पुरुष टी–२० क्रिकेटमा यो उपलब्धि हासिल गर्ने युवराज सिंह र केइरन पोलार्डपछि उनी तेस्रो खेलाडी बनेका छन् । युवराजले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध र पोलार्डले सन् २०२१ मा श्रीलंकाविरुद्ध यो उपलब्धि हासिल गरेका थिए ।

 

दीपेन्द्रले आफ्नो इनिङ्समा कूल ३ चौका र सात छक्का हिर्काए । उनी एकै ओभरमा ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रले यसअघि चीनमा भएको एसियन गेममा मंगोलियाविरुद्धपनि ६ बलमा ६ छक्का प्रहार गरेका थिए । यसकारण दुई पटक ६ बलमा ६ छक्का हान्ने दीपेन्द्र विश्वकै पहिलो ब्याट्सम्यान हुन् ।

उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने इतिहासकै तेस्रो खेलाडी भए भने सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं खेलाडी बनेका छन् । हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक एकै खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ बल तथा एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान भारतका युवराज सिंहले बनाएका थिए ।

उनले सन् २००७ मा भएको विश्वकपमा इङ्ल्यान्डविरुद्ध उक्त सफलता हात पारेर विश्व कीर्तिमान बनाएका थिए ।उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ बलमा अर्धशतक बनाएर सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बनेका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने दोस्रो खेलाडी थिए वेस्ट इन्डिजका कायरन पोलार्ड ।

पोलार्डले सन् २०२१ मार्चमा एन्टिगुवामा आयोजित टी–२० श्रृंखलाको खेलमा श्रीलंकाविरुद्ध उक्त सफलता हात पारेका थिए । त्यसयता गत अगष्ट २७ तारिखमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका थिए नेपालका दीपेन्द्रसिंह ऐरी । १९ औं एसियाली खेलकुदअन्तर्गत उनले मंगोलियाविरुद्ध उक्त सफलता हात पारेका थिए उनले यही खेलमार्फत ९ बलमा अर्धशतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा मान्यता प्राप्त सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाका हर्सल गिब्सको नाममा छ । गिब्सले नेदरल्यान्ड्सविरुद्ध सन् २००७ मा भएको विश्वकपमा उक्त सफलता हात पारेका थिए । त्यसपछि नेपालका दीपेन्द्रले शनिबार कीर्तिमान बनाएकै मैदानमा अमेरिकाका जसकरन मल्होत्राले तीन वर्षअघि पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

Advertisement
Advertisement

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गिब्स र जसकरनले मात्र एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । दीपेन्द्रले एक ओभरमा ६ छक्का हानेको समाचारलाइ अन्तराष्ट्रिय रुपमा आईसीसी, क्रिकइन्फोदेखि थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभर गरेका छन् । भारतका मिडियाले अझै बढी यसलाई प्राथमिकता दिए । यसले दीपेन्द्रका लागि आगामी दिनमा आईपीएलसहित अन्तराष्ट्रिय फ्रेन्चाईचको ढोका खुल्ने विश्वास लिइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top