फिलिपिन्समा एक दशक यताकै शक्तिशाली आँधी : तटीय क्षेत्रमा विध्वंस मच्चाउँदै, आइतबार हङकङसम्म पुग्ने

एजेन्सी,भदौ ३१
फिलिपिन्समा  शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । फिलिपिन्सको उत्तरपूर्वी बगाओमा शक्तिशाली टाइफुन म्याङ्कुटले शनिवार विहान १ बजेर ४० मिनेटमा प्रवेश गरेको हो ।

आधीँले उत्तरी तटीय क्षेत्रमा विध्वंस मच्चाउन शुरु गरेको छ । स्थानीय समयानुसार गएराती १ बजेर ४० मिनेटपछि आँधी त्यहाँ आइपुगेको थियो । आँधीपछि त्यो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । शनिबार सम्ममा आँधीका कारण सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र बर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै भौतिक संरचनामा क्षति पु¥याउने अनुमान गरिएको छ । यस आँधीको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन् । प्रतिघण्टा १८५ किलोमिटरका दरले आँधी आएको मौसम अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए ।

Advertisement

आँधी आउदो मङ्गलबारसम्म नै जारी रहने अनुमान गरिएको छ । फलिपिन्समा प्रत्येक बर्ष औसतमा २० ओटा यस्तै आँधी आउने गरेका छन् भने सयौँको मृत्यु हुनेगरेको छ । त्यसैका कारण दशौँ लाख गरिबीको रेखामुनी पर्ने गरेका छन् ।

आइतबार हङकङसम्म पुग्ने

Advertisement

आगामी आइतवार दिउँसोसम्ममा हङकङसम्म पुग्ने बताइएको छ । हङकङमा आँधी नजिकिँदै जाँदा आँधी सम्भावित क्षेत्रका मानिसलाई घरभित्रै बस्न आह्वान गरेका छन् । मौसमविद्हरूले हङकङ सिमानामा आउन लागेको म्याङ्कुट एक दशक यताकै शक्तिशाली भएको बताएका छन् ।

दर्जनौँ प्रान्तहरूमा आँधीबारे चेतावनी दिइसकिएको छ । सामुद्रिक र हवाइ यात्राहरूमा रोक लगाइ सकिएको छ । विद्यालयहरू बन्द गरिएका छन् र विपद् व्यवस्थापनका लागि सेना तयार भएर बसेको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top