×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

इरानमाथि इजरायलको आक्रमण, इरान भन्छ होइन

७ बैशाख २०८१

७ वैशाख,एजेन्सी ।

इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ । अमेरिकाको चेतावनीका बाबजुद इजरायलले अन्ततः इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन् ।

तर अमेरिकाको रक्षा मन्त्रालय र इजरेली सेनाले उक्त विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्। इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ । इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् ।

इजरेली क्षेप्यास्त्र प्रहार भएको भनिएको इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ। त्यहाँ एउटा मुख्य सैन्य आधार र सामरिक महत्त्वका स्थलहरू छन्। तर अहिलेसम्म कतै क्षेप्यास्त्र लागेको जानकारी प्राप्त भएको छैन। दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएका छन्।

इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोटन भएको विवरण प्राप्त भएको छ। दुवै पक्षलाई संयुक्त राष्ट्रसङ्घ र विश्वका अरू देशका नेताहरूले संयमित हुन आग्रह गर्दै आएका छन्। इरानी पक्षका अनुसार इरानको प्रतिरक्षा प्रणालीले ’तीनवटा साना ड्रोन’ नष्ट पारिदिएको छ। इरानी सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले इस्फहानमा कुनै क्षति नभएको विवरण दिएका छन्।

इरानको न्याश्नल सेन्टर अफ साइबरस्पेसका प्रवक्ता होसेन डालिरियनले सामाजिक सञ्जाल ’एक्स’मा लेख्दै “देशको सीमाबाहिरबाट इस्फहान वा देशका अरू भागमा हवाई आक्रमण नभएको“ दाबी गरेका छन्। इजरेलले साना ड्रोनहरू उडाउने प्रयास गरेको तर तिनलाई आफूहरूले खसादिएको उनको दाबी छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सम्भावित आक्रमणको प्रतिकार गर्न राति देशका विभिन्न स्थानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो। तर कतै क्षेप्यास्त्रले सोझै प्रहार गरेको वा विस्फोटन भएको विवरण प्राप्त नभएको उनीहरूले जनाएका छन्। गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित १३ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो ।

त्यो हत्याको बदलास्वरुप इरानले एक साता इजरायलमा हवाइ हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको हो । उता, युद्धको असर अन्तराष्ट्रिय बजारमा देखिन थालिसकेको छ । अमेरिकी अधिकारीहरूले इरानमा इजरेली क्षेप्यास्त्र प्रहार भएको बताएपछि विश्व बजारमा खनिज तेल र सुनको मूल्य बढेको छ।

शुक्रवार बिहान एशियामा ’ब्रेन्ट’ कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारल ९० अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक प्रतिआउन्स (झन्डै २८.३५ ग्राम) को २,४०० डलर पुगेको छ। इरान खनिज तेलको सातौँ ठूलो उत्पादक हो। जापान, हङ्कङ र दक्षिण कोरियामा स्टक बजार ओरालो लागेको छ।

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top