एसीसी प्रिमियर कपमा चौथो भएर घर फर्किदै नेपाल

९ बैशाख ८१, सोमबार

१० वैशाख,एजेन्सी ।

एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ । ओमानको घरेलु मैदान अल अमेरात क्रिकेट मैदानमा हिजो भएको खेलमा ओमानलाई नै ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो । यूएईले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४९ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए । खालिद कैलले २५ बलमा ४ चौका र १ छक्का सहित ३० रन बनाए । फयाज बट २३ रनमा नटआउट रहे । कप्तान जिशन मक्सुदले १४ तथा रफिउल्लाहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । यूएईका लागि जुनेद सिद्दिकीले तीन विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन जोड्यो । यूएईका लागि कप्तान मुहम्मद वासिमले एक सय रनको शतकीय इनिङ खेले । ओमानका लागि बिलाल खानले दुई विकेट लिए । यस्तै आशिफ खानले १६ बलमा ३६ रनको विष्फोटक नटआउट इनिङ खेले ।

युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकिल अहमद र जिशन मक्सुदले समान १ विकेट लिए । यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।

यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो । यता, ओमानबाट नेपाली क्रिकेट टोली आज साँझ स्वदेश आइपुग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली साँझ ६ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने जानकारी दिएको छ।

साविक विजेताका रुपमा ओमान पुगेको नेपाली टोली यसपटक चौथो भएर फर्कदै छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना अधुरो भएको थियो। नेपाली टोली स्वदेश फर्केसँगै वेस्टइन्डिज ‘ए’ सँग घरेलु सिरिज खेल्ने तयारीमा जुट्नेछ । नेपालले वेस्टइन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने तालिका छ ।

सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । नेपाली टोलीले आइसीसी टि२० विश्वकपमा जानुअघि घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ सँग खेल्न लागेको हो। नेपाली टोली त्यसपछि विश्वकपको तयारीका लागि अमेरिका प्रस्थान गर्ने प्रारम्भिक तयारी छ । अमेरिका र वेस्ट इन्डिजले जुनमा विश्वकपको आयोजना गर्दैछन् । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा छ ।

नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्नेछ ।युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । सो साझेदारी ओमानका कप्तान जिशनले १०औ ओभरमा तोडेका थिए । पहिलो विकेटका रुपमा आलिशान २८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए ।

तेस्रो नम्बरमा आएका विष्णु सुकुमरणले १४ बलमा १८ रन बनाएर शकील अहमदको बलमा आउट भएका थिए । यस्तै बसिल हमिदले १ रन बनाउँदा अलि नसिर २ रनमा अविजित रहे । ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकिल अहमद र जिशन मक्सुदले समान १ विकेट लिए ।

यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो ।यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन् । हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top