×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बलियो राजस्थानसँग बदला लिने लक्ष्यमा मुम्बई

१० बैशाख २०८१

१० वैशाख, एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।आईपीएलको जारी संस्करणमा राजस्थान रोयल्स सबैभन्दा बलियो टोलीको रुपमा देखिएको छ भने मुम्बई इन्डियन्सको प्रदर्शन सामान्य रहेको छ ।

Advertisement
Advertisement

राजस्थानले आफ्नो आठौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको सातमध्ये ६ खेलमा राजस्थान विजयी भएको छ । एक खेलमा भने राजस्थानले पराजय ब्यहोरेको छ । राजस्थान रोयल्स १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यो सिजनको आईपीएलमा राजस्थान रोयल्सले हालसम्म एकमात्र हार गुजरात टाइटन्ससँग ब्यहोरेको हो ।

गुजरातले राजस्थानलाई तीन विकेटले हराएको थियो । मुम्बई इन्डियन्सले पनि जारी आईपीएलमा आफ्नो आठौँ खेल खेल्न लागेको हो । मुम्बई यसअघि खेलिएको सातमध्ये तीन खेलमा विजयी र चार खेलमा पराजित भएको छ । मुम्बई इन्डियन्स ६ अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।

सोमबारको खेलमा राजस्थानलाई हराउन सके मुम्बई इन्डियन्स तालिकाको पाँचौँ स्थानमा उक्लने सम्भावना छ । राजस्थानलाई ठूलो अन्तरले हराउन सके मुम्बई तालिकाको चौथो स्थानमा उक्लने सम्भावना पनि उत्तिकै छ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच दोस्रो पटक भिडन्त हुन लागेको हो ।

यसअघि यी दुई टोलीबिच खेलिएको खेलमा राजस्थानले मुम्बईलाई हराएको थियो । त्यो खेल मुम्बईको घरेलु मैदानमा खेलिएको थियो । इन्डियन प्रिमियर लिगमा हालसम्म मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच कुल २९ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा मुम्बईले राजस्थानलाई पराजित गरेको छ । १३ खेलमा भने राजस्थानले मुम्बईलाई हराएको छ ।

यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको थियो । यसैबीच गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा पञ्जाबलाई गुजरातले ३ विकेटले पराजित गरेको हो। पञ्जाबले दिएको १४३ रनको लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै १४६ र बनायो।

जितसँगै सातौँ स्थानमा रहेको गुजरातले ८ खेलबाट ८ अंक जोडेको छ। समान खेल खेल्दै नवौँ स्थानमा रहेको पञ्जाबको ४ अंक रहेको छ। यस्तै आइतबारकै पहिलो खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको बैंगलुरुले भने निर्धारित ओभरमा आफ्नो सबै विकेट गुमाएर दुई सय २१ रनमात्र बनाउन सक्यो । महत्त्वपूर्ण जितसँगै कोलकाता १० अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलुरुले भने आफ्नो निराशाजनक प्रदर्शन जारी राखेको छ । हालसम्म आठ खेल खेलेको बैंगलुरुले सात खेलमा हार भोगिसकेको छ । एक खेलमा मात्र बैंगलुरु विजयी भएको छ । बैंगलुरु दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top