गाली गरेको निहुँमा ढुंगाले हानेर हत्या

गाली गरेको निहुँमा ढुंगाले हानेर हत्या

बझाङ ः छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् ।

तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

‘छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँ’ , तिलकले भने, ‘त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।’ तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.