आज फेरि मैदान उत्रिदै धोनी, लखनउसँग बदला

१० बैशाख ८१, मंगलबार

११ वैशाख , एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा आज मंगलबार चेन्नई सुपर किङ्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा चेन्नई र लुखनउले यो आफ्नो आठौँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।

चेन्नई आठ अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । लखनउले पनि यसअघि खेलिएको सातमध्ये चार खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । लखनउ आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । चेन्नईसँग समान अंक भए पनि लखनउ नेट रन रेटमा पछाडि परेको हो । आईपीएलको १७औँ संस्करणमा यी दुबै टोलको अगाडि बढ्ने सम्भावना बलियो देखिन्छ ।

चेन्नई सुपर किङ्स आईपीएलको इतिहासमा सर्वाधिक सफल टोलीमध्ये एक हो । चेन्नईले हालसम्म पाँच पटक आईपीएलको उपाधि जितिसकेको छ । चेन्नईका अतिरिक्त मुम्बई इन्डियन्सले मात्र पाँच पटक आईपीएलको उपाधि जित्न सकेको छ । जारी सिजनको इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स दोस्रो पटक आपसमा भिड्न लागेका हुन् ।

यसअघि घरेलु मैदानमा खेलिएको खेलमा लखनउले चेन्नईलाई आठ विकेटले हराएको थियो ।चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबिच हालसम्म आईपीएलमा कुल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा लखनउले चेन्नईलाई हराएको छ । एक खेलमा भने चेन्नईले लखनउलाई पराजित गरेको छ । यी दुई टोलीबिचको एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।

यसैबीच राजस्थान रोयल्सका लेग स्पिनर युजवेन्द्र चहल इन्डियन प्रिमियर लिग (आईपीएल)मा २०० विकेट लिने पहिलो बलर बनेका छन्। जयपुरमा भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा मोहम्मद नाबीलाई आउट गरेसँगै चहलले यो उपलब्धि हासिल गरेका हुन्। उनले १५३औँ खेलमा २०० विकेट लिएका हुन्। गएरातिको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।

मुम्बईले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पूरा गरेको हो । यसैबीच आइतबार खेलिएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा आईपीएलको आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही गरिएको छ ।

उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो । आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top