सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालियो

सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ ।व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो ।

Advertisement

विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ ।सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ ।

बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ ।यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शवको अस्थिरपञ्जर दिने गरिन्छ ।तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको हो ।

Advertisement

४४ बर्षदेखि विभागअगडिको खाली १० आना जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आएको थियो तर, अब उक्त जग्गामा पनि भवन बन्न लागेको र सरकारले गाड्ने नयाँ जग्गा पनि व्यवस्थापन नगरिदिएकाले पछिल्लो केही महिनायता फ्रिजमा राखिएका शव जलाउन थालिएको हो ।, यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top