×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

नेपालको न्यायालयलमा अमेरिकाले उठायो प्रश्न

१४ बैशाख २०८१

१४ वैशाख ,एजेन्सी ।

अमेरिकी सरकारले नेपाल प्रतिवेदन सार्वजनिक गरेको छ । जसमा नेपालको मानवअधिकार हनन्देखि न्यायालयलगायतका विषयमा प्रश्न उठाइएको छ । अमेरिकी सरकारको ब्युरो अफ डेमोक्रेसी, हुमन राइट्स तथा लेबरले जारी गरेको सन् २०२३ को मानवअधिकार प्रतिवेदनमा नेपालमा मानवअधिकार हनन, तिब्बती शरणार्थीको स्वतन्त्रता र न्यायालयलगायतका विषयमा गम्भीर प्रश्नहरू उठाइएको छ ।

Advertisement
Advertisement

प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनमा छानबिन गरे पनि त्यसमा संलग्नलाई कारबाही नगरेकाले नेपालमा मानवअधिकारको अवस्थामा परिवर्तन नआएको उल्लेख छ । विश्वका २०० मुलुकको मानवअधिकारको अवस्था समेटिएको प्रतिवेदन हालै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेका छन् ।

जसमा नेपालमा तिब्बती समुदायको अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न खोज्नुका साथै सांस्कृतिक महत्त्वको कार्यक्रम मनाउन समेत रोक लगाइएको प्रतिवेदनमा उल्लेख छ । सरकारले तिब्बती समुदायको शान्तिपूर्ण भेला हुने अधिकारलाई सीमित गर्न खोजेको र उनीहरूका राजनीतिक महत्त्वका कार्यक्रमको निगरानी गर्न प्रहरी परिचालन गरेको पनि प्रतिवेदनमा जनाइएको छ ।

सरकारले तिब्बती शरणार्थीलाई सन् १९९५ देखि नै व्यक्तिगत परिचयपत्र नदिएको, प्रहरी चेकपोस्ट भएका स्थानमा हिँडडुल गर्न मुस्किल पारेको र कागजातको अभावमा उनीहरू विदेश जान सक्ने अवस्थामा पनि नरहेको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोग (यूएनएसीआर) लाई उद्धृत गर्दै करिब १२ हजार तिब्बती नेपालमा कागजातविहीन अवस्थामा रहेको जनाइएको छ ।

भुटानी र तिब्बतीबाहेक नेपालमा ६६२ अरू सहरी शरणार्थी र २३८ जना आश्रय खोज्ने व्यक्ति रहेका र उनीहरू पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलङ्का, बङ्गलादेश, सोमालिया, इरान र इराकबाट आएको पनि प्रतिवेदनमा छ । यूएनएचसीआरले शरणार्थी माने पनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरेको प्रतिवेदनमा जनाइएको छ ।

संविधानले स्वतन्त्र न्यायपालिकाको प्रत्याभूत गरेको उल्लेख गर्दै प्रतिवेदनमा सरकारले न्यायिक स्वतन्त्रता र निष्पक्षता पूर्ण सम्मान नगरेको तथा अदालत पनि राजनीतिक दबाब, घुस र हस्तक्षेपका कारण कमजोर भएको प्रतिवेदनमा लेखिएको छ । प्रेस स्वतन्त्रताको दुरुपयोग गरिएको, सरकारले इन्टरनेट अवरोध नगरे पनि अनलाइन ‘कन्टेन्ट’को ‘सेन्सर’ गरिरहेको, टिकटकमा रोकलगायतको पनि प्रतिवेदनमा जनाइएको छ ।

सरकारले घरेलु कामदारका रूपमा विदेश जान कडाइ गरेपछि भारतको बाटो हुँदै खाडी मुलुकतर्फ जाँदा कतिपय महिला झन् शोषणमा परेको, तेस्रोलिंगी व्यक्तिमाथि नेपालमा अझै पनि भेदभाव कायम रहेको, इसाई धर्मसम्बन्धी सङ्घसंस्थालाई स्थानीय तहमा बढी सोधखोज गर्ने गरिएको जस्ता विषय पनि प्रतिवेदनमा समावेश छ ।

यस्तै प्रतिवेदनमा गत असोज–कात्तिकमा चार हिरासतमा मृत्युसम्बन्धी घटना रेकर्ड गरेको र २०७९ चैत १० मा भएको एक धरानमा प्रहरीको गोलीबाट मृत्यु भएका लिम्बुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका पदम लिम्बूलाई सहित घोषणा गरिए पनि परिवारलाई क्षतिपूर्ति दिने भनिए पनि सरकारले अझै क्षतिपूर्ति नदिएको उल्लेख छ । यस्तै चार वर्षअघि धनुषामा प्रहरी हिरासतमा दलित समुदायका शम्भु सदाको मृत्यु भएको विषय पनि उठाइएको छ ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top