×

NEPAL TIMES UPDATES

Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026

अमेरिका हिँडेका १५ नेपाली केन्यामा बन्धक

२८ बैशाख २०८१

२८ वैशाख,  एजेन्सी ।

नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ ५ करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी उक्त गिरोहलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वर्ष ४७ का सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका २ का टासी शेर्पा, जिल्ला सिन्धुपाल्चोककै वर्ष ४२ का साविक कर्थली गा.वि.स. १ का ङिमबुटी शेर्पा र जिल्ला सिन्धुपाल्चोककै जुगल गाउँपालिका १ की वर्ष १९ वर्षीया निमा शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

उनकाअनुसार सम्पर्कमा आएका १० जनाबाट उक्त गिरोहले ५ करोड ५० लाख रुपैयाँ रकम ठगी गरेको पाइएको छ । यो गिरोहले करिव १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरुबाट करिव ७ करोड ५० लाख रकम लिएको खुल्न आएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले फरक घटनामा श्रोत नखुलेको ९८ लाख रुकमसहित दुई जनालाई पक्राउ गरेको बताए । उनले काठमाडौं महानगरपालिका ५ मालिगाउँ क्षेत्रमा मिलन बि.क.समेतका केही व्यक्तिहरुलाई पनि हुण्डी कारोबार गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको बताए । उनले पक्राउ पर्नेमा वर्ष २८ का समिर सुनार र वर्ष २९ का मिलन बि.क. रहेको बताए ।

उनीहरु दुवैजना रुपन्देही सियारी गाउँपालिका ७ रहेको बताए । उनीहरुको साथबाट ९८ लाख श्रोत नखुलेको रकमसहित बा.१३ च. ४८५८ नम्बरको सवारी साधन बरामद भएको भट्टराईले बताएका छन् ।प्रहरीलाई बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट कारभित्र शंकास्पद रकम र अवैध सुन समेत रहेको सूचना पुगेको थियो ।

उक्त सूचना पाएलगत्तै उपत्यका प्रहरी कार्यालयको टोली उक्त कारको खोजीमा लागेको थियो ।कार सिंहदरबार दक्षिणगेट हुँदै हनुमानथान तिर जाँदै थियो । प्रहरीको टोलीले उक्त कारलाई पिछा गर्दै गयो । कार समिर सुनारले चलाएका थिए । ड्राइभरको सिटसँगैको अगाडिको सिटमा मिलन विक थिए । पछाडिको सिटभरि कार्टुन राखिएको थियो ।

तर, प्रहरीले कारलाई बाटोमै रोकेर जाँच गर्ने हिम्मत गरेन । जब कार मालिगाउँ पुग्यो । प्रहरीको टोलीले कार रोक्न लगाएर प्रहरी वृत्त मालिगाउँभित्र छिराउन आग्रह गरे । प्रहरी कार्यालयभित्र पुगेपछि उपत्यका प्रहरी कार्यालयको टोलीले कारभित्र खानतलासी ग¥यो । सोही क्रममा प्रहरीले कारभित्र कार्टुनमा प्याक गरेर राखिएको अवैध ९८ लाख रुपैयाँ बरामद गरेको हो ।

अवैध रकमसहित पक्राउ परेका मिलन र समिरमाथि अनुसन्धान गर्दै जाँदा मिलन सुन तस्करीमा समेत संलग्न रहेको खुलेको छ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top