कामिरिताले आफ्नै कीर्तिमान तोडे,२९औँ पटक सगरमाथामा

२९ बैशाख ८१, आइतबार

३० वैशाख , काठमाण्डौ ।

सर्वाेच्च शिखर सगरमाथामा सबैभन्दा बढी आरोहण गरेर विश्व कीर्तिमान काय राखेका पर्वतारोही कामिरिता शेर्पाले २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् ।

उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् । सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमा भनेको छ, “यो आरोहणले कामिरितालाई ‘सगरमाथाको सबैभन्दा सफल आरोहण’ को व्यक्तिगत उपाधि दिलाएको छ ।” सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत कामिरिता सोलुखुम्बुको थामेका हुन् ।

Advertisement

५४ वर्षीय कामिरिताले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आइरहेका छन् । उनले सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सर्पोट स्टाफ सदस्यको रुपमा सामेल हुँदा सुरु गरेका थिए । विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका हुन् ।

कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् । कामीरिताले सन् २०२३ मा एकैसातामा दुई पटक २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

कामीरिताले यसअघि सन् २००९, २०१०, २०१३ र २०१९ मा पनि एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका थिए । उनले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top