×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

एम्बाप्पेमाथि रियल मड्रिडको नो इन्ट्रेस्ट

३० बैशाख २०८१

३० वैशाख,  एजेन्सी ।

विश्व चर्चित फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घोषणा गरेसँगै उनको नयाँ गन्तब्य क्लबहरुका बारेमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । यसैक्रममा उनको सम्भावित गन्तव्य रियल रहेको अड्कलबाजी भइरहेका बेला रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले केलियन एमबाप्पेलाई भित्र्याउने या नभित्र्याउने भन्नेबारे सोच्न आफूसँग समय नभएको बताएका छन्।

Advertisement
Advertisement

पत्रकार सम्मेलनमा एन्सेलोट्टीले उनको अबको गन्तव्य रियल हो या होइनन् भन्नेबारे खुलाउन चाहेनन्। एन्सेलोट्टीले १ जुनमा बोरुसिया डर्टमन्डविरुद्ध हुने च्याम्पियन्स लिगको फाइनलका बारेमा आफू र आफ्नो टोलीले ध्यान केन्द्रित गर्न चाहेको बताएका छन्। एन्सेलोट्टीले शनिबार भने, ‘(एमबाप्पेको भविष्यबारे मैले अहिले सोच्ने विषय होइन। हामीले १ जुनसम्म कुन कुरामा ध्यान केन्द्रित गर्न आवश्यक छ भन्ने कुरा हामीलाई थाहा छ।’

एमबाप्पेले पीएसजीका लागि आफ्नो अन्तिम घरेलु खेल आइतबार टुलुजविरुद्ध हुने बताएका छन्। पीएसजीका प्रशिक्षक लुइस एनरिकेले एमबाप्पेले आफ्नो गन्तव्य कता हो भन्नेबारे क्लबलाई जानकारी दिएका छैनन्। ‘उनले अझै पनि आफू कहाँ जाँदैछु भन्नेबारे बताएका छैनन्। तर, उनी कहाँ जाँदैछन् भन्ने कुरा स्पष्ट छ,’ उनले भने, ‘मैले उनको निर्णय बुझेको छु।

सात वर्षमा उनले क्लबलाई सबै कुरा दिएका छन् र क्लबले उनलाई सबै कुरा दिएको छ। म उनलाई आगामी यात्राका लागि शुभकामना दिन चाहन्छु।’ रियल लामो समयदेखि फ्रान्सका फरवार्डसँग जोडिएको छ। सन् २०२१ मा एमबाप्पेलाई भित्र्याउन रियलले १८० मिलियन युरोको प्रस्ताव गरेको थियो।

तर, उक्त प्रस्ताव पीएसजीले अस्वीकार गरेको थियो। यस सिजनको शुरूआतमा उनले आफूले पीएसजी छाड्न लागेको जानकारी दिएका थिए। २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन् । एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ । पेरिस सेन्ट–जर्मेनमा यो मेरो अन्तिम वर्ष हो । म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’

Advertisement

पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ । उनी २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । पेरिसमा जन्मेका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top