३० वैशाख, काठमाण्डौ ।
पछिल्लो केही साता यता विश्वकै सबैभन्दा बढी प्रदूषित शहरका रुपमा बदनामी कमाएको देशको संघीय राजधानी काठमाडौं प्राकृतिक गन्तब्यमा भने विश्वकै उत्कृष्ट गन्तब्यमा पर्न सफल भएको छ । अनलाइन ट्राभल एजेन्सीको रुपमा का गर्दै आएको ट्रिप एडभाइजरले तयार पारेको विश्वका उत्कृष्ट २५ प्राकृतिक गन्तब्यहरुको सूचीमा काठमाडौं शीर्ष स्थानमा रहेको छ ।
ट्रिपएभाइजरले सांस्कृतिक अन्वेषण, प्राकृतिक यात्रा, डाइभिङ, हाइकिङ, साहसिक खेलकुद, सफारी, ज्वालामुखी परिदृश्यसहितको आधारमा २०२४ का लागि शीर्ष २५ प्रकृति गन्तव्यहरूको सूची तयार गरिएको उल्लेख गरेको छ । जसको शीर्ष स्थानमा काठमाडौं रहेको छ भने दोस्रो गन्तब्यमा हलोङ बे, भियतनाम यसैगरी क्रमश तेस्रो, चौथो र पाँचौमा क्रमश हुर्घाडा, इजिप्ट, मौरिसस र लोम्बोक, इन्डोनेसिया रहेका छन् ।
यसैगरी काउई, हवाई, जान्जिबार, तान्जानिया, ग्रान्ड क्यान्यन नेशनल पार्क, एरिजोना ग्वाडेलुप, क्रुगर राष्ट्रिय निकुञ्ज, दक्षिण अफ्रिका मार्टिनिक ,वादी रम, जोर्डन, ल्यान्जारोटे, क्यानरी द्वीप, भेरजोउगा मोरक्को रोटान, होन्डुरस रहेका छन् ।यस्तै सूचीमा कोची, भारत सोहै स्थानमा परेको छ ।
त्यसपछ क्रमश कोजुमेल, मेक्सिको , एम्बरग्रिस केए, बेलीज, बार्बाडोस, पोन्टा नेग्रा बीच, नताल, ब्राजिल, सेन्ट जोन, युएस भर्जिन टापु म्यानुअल एन्टोनियो राष्ट्रिय निकुञ्ज, क्वेपोस, कोस्टा रिका,टान्गाले ,श्रीलंकाफेथिए, टर्की र स्नोडोनिया राष्ट्रिय निकुञ्ज, वेल्स शीर्ष २५ गन्तब्यमा परेका छन् ।
काठमाडौंका बारेमा ट्रिप एड्भाइजरले भनेको छ, मनमोहक नेपाली राजधानीले प्राचीन दरबार स्क्वायर जस्ता वास्तुकलाका चमत्कारहरूका साथ शक्तिशाली हिमालयको प्रवेशद्वार प्रदान गर्दछ। अमेरिकी कम्पनी ट्रिप एड्भाइजरको मोबाइल एप ४० देशमा २० भाषाहरुमा संचालित छ ।