१ जेठ , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो । एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् । यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अङ्क जोडेको थियो । कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अङ्क भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ ।
दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ । तर लखनउको नकआउटमा पुग्ने सम्भावना थोरै छ। दिल्लीका कप्तान ऋषभ पन्त एक खेलको निलम्बनपछि लखनउविरुद्धको खेलबाट पुनरागमन गर्दैछन्। दिल्लीले पनि प्लेअफ दौडमा रहन कुनै पनि हालतमा लखनउलाई जित्नुपर्ने हुन्छ। लखनउ १२ अंकका साथ सातौँ स्थानमा छ।
हाल दिल्ली र रोयल च्यालेन्जर्स बेंग्लोर शीर्ष चारभन्दा बाहिर छन्। दिल्ली र बेंग्लोरको पनि १२–१२ अंक छ। यता दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीविरुद्ध ४७ रनको जित निकाल्दै आरसिबि प्लेअफ पुग्ने दौडमा जीवित नै रहेको छ ।
जित पछि पाँचौं स्थानमा उक्लिएको आरसिबिको १३ खेलमा १२ अंक भएको छ । तेस्रो स्थानमा रहेको चेन्नईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ । दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन् । तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ । पहिलो स्थानमा रहेको कोलकत्ता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थान तथा चेन्नईको पनि सम्भावना उच्च रहेको छ ।
 
				
 
                                                     
                                                    






 
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    


