×

NEPAL TIMES UPDATES

Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026
Playing
Iranले खार्गको बदला लिने, मोज्तावाको सूचना दिनेलाई १ करोड डलर पुरस्कार|| Nepal Times
Mar 15, 2026
Playing
मोज्ताबा जिवित कि मृत ?अमेरिकालाई स्विट्जरल्यान्डले हवाईक्षेत्र नदिने || Nepal Times
Mar 15, 2026
Playing
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टाइम्सकी पत्रकार संचिताश्रेष्ठ सम्मानित, मन्त्री दिए प्रशंसापत्र
Mar 15, 2026

सडक आश्रितले प्रहरी जवानको ज्यान लिए अनि जुत्ता जलाएर हिँडे

६ जेष्ठ २०८१

६ जेठ,,काठमाण्डौ ।

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरुलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनका क्रममा आइतवार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण १ घर भइ हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरहरुमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष २१ की विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए ।

घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए । प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनले बताएका छन् ।

त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको उनले बताएका छन् । ‘त्यहीँबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पु¥याइदिन युवराजलाई अनुरोध गरेका थिए । उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ’, रजौरेले भने ।

युवराजलाई पहिलेदेखि नै त्यहाँ रहेका विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यापछि युवराजको शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिएको थियो । युवराजको जुत्ता जलाएर भागेका उनीहरू जरखुतर्फ गएर सडकपेटीमा सुतेको रजौरेले बताए । युवराजले मदिरा खाए÷नखाएको परीक्षण भइनसकेको बताइएको छ । हत्याको पूर्वयोजना भने नदेखिएको उनको भनाइ छ ।

‘पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको हो ।अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा थिए’, रजौरेले भनेका छन् । महिलासँग भने युवराजको चिनजान नभएको प्रारम्भिक अनुसन्धान देखिएको छ । ‘यो टोली एकैठाउँमा बस्ने टोली होइन । उनीहरु ७ दिन एक ठाउँमा बसे ७ दिन अर्को ठाउँमा बस्ने गरेका थिए । यिनीहरु निमार्णाधीन घरहरुमा बस्ने टोली रहेछन् । उनीहरु विगत लामो समयदेखि सँगै बस्दै आइसकेका थिए ।

प्रहरी प्रमुख रजौरेले भने,’ मृतक अहिलेसम्म त्यो स्थानमा गएको भेटिएको छैन । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्छ ।’ युवराजसँग भएको पैसा लगेको हुनाले लुटपाट हुन सक्ने उनको अनुमान छ । उनको साथमा २ हजार रुपैयाँ लगेको खुलेको छ । खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ । सचिन र अमृत यसअघि चोरी घटनामा मुद्दा परेको थियो ।

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top