NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान सोमवार साउन ५ , २०८२
अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ? सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन् शुक्रबार साउन २ , २०८२
एमालेभित्र किचलो, बाहिर ‘पुराना तीन यार’को अंगालो शुक्रबार साउन २ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत लिन कांग्रेसले दिएन

सोमवार जेष्ठ ७ , २०८१
Reading Time: 1 min read
A A
प्रधानमन्त्रीलाई विश्वासको मत लिन कांग्रेसले दिएन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

७ वैशाख , काठमाण्डौ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । कांग्रेसका सांसदहरु उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका छन् । कांग्रेसले आजको बैठकमा बोल्न माग गरेको थियो तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नरहेको भन्दै कार्यसूची अगाडि बढाएपछि कांग्रेसले वेल घेराउ गरेको हो ।

सभामुखले अन्य कार्यसूची हटाएर प्रधानमन्त्रीले विश्वासको मत लिने वातावरण बनाइदिन आग्रह गरेपछि कांग्रेसले अवरोध जारी राखेको थियो । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

उक्त विश्वासकोे मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ । गत फागुन २१ गते एमालेसहितको नयाँ सत्ता समीकरण बदलिएपछि उनले दुई महिना ८ दिनमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए । समग्रमा भने उनले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले शनिबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै १३ पटक लिनुपरे पनि आफूले विश्वासको मत पाउने बताएका थिए ।उनले तेस्रोपटक मत लिँदा १५७ मत पाएका थिए । त्यतिबेला एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, जसपाको १२, एकीकृत समाजवादीको १०, नाउपाको ४ र आम जनता पार्टीका एक सांसदले विश्वासको मत दिएका थिए ।

जसपा नेपाल विभाजनपछि सरकारलाई अशोक राई नेतृत्वको जसापाका ७ जनाले समर्थन कायमै राखेका छन् । जसपा नेपालका ५ जना सांसदले समर्थन फिर्ता लिएकाले सरकारसँग १५२ जनाको समर्थन कायमै देखिन्छ । यद्यपि जसपा विभाजनको टुङ्गो नलागेको अवस्थामा प्रधानमन्त्रीले लिने विश्वासको मतले वैधता नपाउने ठहर गर्दै त्यसलाई रोक्न अध्यक्ष उपेन्द्र यादवले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि कम्तीमा १३८ मत आवश्यक पर्छ । हाल प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जनमत पार्टीका ६, जसपा नेपालका ५, लोसपा र नाउपाका समान चार÷चार सांसद छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीको समान एक÷एक र स्वतन्त्रका दुई सांसद छन् । तीमध्ये एमालेका देवराज घिमिरे सभामुख भएका र अर्का सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाले निलम्बनमा परेका छन् ।कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा ११३ जना सांसद छन् ।

जसमा कांग्रेस ८८, राप्रपा १४, जसपा नेपाल ५, लोसपा ४, नेमकिपा र राष्ट्रिय जनमोर्चाको एक÷एक सांसद छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हो ।

उता नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यसका लागि कांग्रेसले सांसदहरुलाई ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्विप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

Tags: #कांग्रेसले गर्याे अवरोध#संसदमा आजपनि टकराव

लोकप्रीय

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२

विचार

थप समाचार

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
अन्तर्राष्ट्रिय

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने
ताजा समाचार

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?
खेलकुद

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्
अन्तरबार्ता

भारतले बनायो महाअस्त्र ’प्रोजेक्ट विष्णु’,चीनसँग छैन्

शुक्रबार साउन २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

World News:Delhiका २० स्कुल ब*मले उडाउने धम्की, Trump अलोकप्रिय अनि विरामी || Nepal Times

00:19:58

World News: इरानी राजदूत मोस्ट वान्टेड, २० राज्यद्वारा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर

00:17:24

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

हिजो,आज र भोलिको अन्तरद्वन्द्व

मङ्लबार साउन ३ , २०७९
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

साउनमा सोमबारको व्रत किन लिने ? यस्तो छ वैज्ञानिक कारण

सोमवार साउन ५ , २०७७

हालका पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इरानमा फेरि बमबारी गर्ने ट्रम्पको धम्की, युरोपसंग वार्ता सुरु गर्दै इरान

सोमवार साउन ५ , २०८२
स्पेन भिजिट भिसा प्रकरणको छानविन सीआईबीले गर्ने

अध्यक्ष बन्न मरिहत्ते गरिरहेका ओली,१४ वर्षे जेल समय घटाउनु पर्ने

सोमवार साउन ५ , २०८२
नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

नेपाल vs बंगलादेश , आजको निर्णायक खेलमा कस्तो रहला नेपालको performance ?

सोमवार साउन ५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.