×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कांग्रेसलाई रविले फेरि भने जस्तो समिति बनाउनु छ बनाउनुस्

७ जेष्ठ २०८१

७ वैशाख , काठमाण्डौ ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री हुनासाथ प्रतिपक्ष नेपाली काग्रेसबाट घेरिएका रास्वपा सभापति रवि लामिछानेले २ महिनापछि प्रतिनिधिसभा बैठकमा आफुमाति लागेका आरोपका बारेमा प्रष्ट पारेसँगै प्रतिपक्ष कांग्रेस झनै रुष्ट भएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ ।

Advertisement
Advertisement

संसदीय दलको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रष्ट तथ्य देखिएको दोहो¥याएका छन् । ‘समाचारमा प्रेषित होइन । प्रहरीमा उजुरी भएको प्रमाण छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने पूर्ववर्ति निर्णयमा हामी दृढ छौं । हाम्रो बटमलाइन त्यहि हो’, उनले भनेका छन् ।

हिजो गृहमन्त्री लामिछाने असभ्य, असत्य, भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले सदनमा प्रस्तुत भएको उनले टिप्पणी गरेका छन् । आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेर अरुलाई झुटा आरोप लगाएको लेखकको भनाइ छ । उनले कांग्रेस र नेतालाई लक्षित गरी लगाइएका आरोपमा छानबिन गरेर प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।

गृहमन्त्रीले बोलेको कुरालाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि लेखकले बताए । रविमाथि संसदीय छानबिन समितिको सुनिश्चित नभएसम्म सदन चल्न नदिने उनको प्रष्टोक्ति थियो । हिजो संसदमा संबोधन गर्दै गृहमनत्री लामिछानेले काग्रेस महामन्त्री गगन थापाको नामै उल्लेख गर्दै विभिन्न प्रश्न गरेका छन् । ती प्रश्न र आक्षेपको थापाले पत्रकार सम्मेलन गर्दै खण्डन गरीसकेपछि रविकै बारेमा गप प्रमाण भन्दै समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गरेका छन् ।

उनले सामासजक संजालमार्फत लेखेका छन्, फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफै लड्नु पर्छ। Short Term Loan  को मतलब सहकारीको पैसा हो ?? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी राई हुन् भनेर प्रष्ट लेखेको छ। त्यस पछिको वर्षको अडिट रिपोर्टमा Director Loan भनेर झन् प्रष्ट लेखिएकै छ ।

यही कागज बोकेर कांग्रेस समिति–समिति भन्दैछ भन्ने मलाई थाहा थियो। जस्तो समिति बनाएपनि मेरो आपत्ति छैन भनेर हिजै भनिसकें । म तयार छु। सदनलाई बन्धक नबनाउनुस्, सुचारु गर्नुस्। मिडिया मिडिया धाउनै पर्दैन। यस्तै यस्तै प्रमाण बोकेर उफ्रनु भएको हो भने भयो, अब पुग्यो, बस्नुस्। म मिडिया मिलाउन सक्दिन।आइतबार संसदीय छानबिन समिति बन्ने भनिएको भए पनि कांग्रेस र रास्वपाले गरेका प्रस्ताव एक अर्काले स्वीकार नगर्दा आइतबार पनि सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति गठनमा सहमति हुन सकेन।

Advertisement
Advertisement

आइतबार लामो समय कार्यदल बैठक बसेको भए पनि संसदीय छानबिन समितिको क्षेत्राधिकार (टीओआर) के हुने भन्ने विषयमा सहमति कायम हुन नसकेको हो । कांग्रेसले आफूले विगतमा उठाउँदै आएका व्यक्ति केन्द्रित छानबिनको अडान कायम राखेको छ भने एमाले र रास्वपाले व्यक्ति तोक्न नहुने अडान राखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top