×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

आज नेपाल भर्सेस अमेरिका,विश्वकप अघि सोमपालको वरीयता खस्कियो

१७ जेष्ठ २०८१

१७ वैशाख ,एजेन्सी ।
नेपाली क्रिकेट टोलीले आइसिसी टि ट्वान्टी विश्वकपको वार्म अप अन्तर्गत दोस्रो तथा अन्तिम खेल आज अमेरिकासँग खेल्दै छ । डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । नेपाल सोमबार पहिलो वार्म अप म्याचमा क्यानाडासँग ६३ रनले पराजित भएको थियो । सोही मैदानमा मंगलबारका लागि तय अमेरिका र बंगलादेशबीचको वार्म अप खेल भने बर्षाका कारण रद्द भएको थियो ।

डालास आउनुअघि ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले बंगलादेशलाई २–१ ले हराएको थियो । जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन १२ मा श्रीलंका, जुन १५ मा दक्षिण अफ्रिका र जुन १७ मा बंगलादेशसँग खेल्नेछ । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

Advertisement
Advertisement

यसैबीच दीपेन्द्रसिंह ऐरी बुधबार प्रशिक्षणमा फर्किएपछि नेपाली टोलीले ठूलो राहत महसुस गरेको छ । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोली रहँदा दीपेन्द्रलाई एंकलमा चोट लागेको थियो । त्यसयता उनी मैदानमा देखिएका थिएनन । नेपाली टोली अमेरिका आएपछि ह्युस्टनमा भएको अभ्यास खेल पनि दीपेन्द्रले चोटका कारण खेलेका थिएनन् ।

बुधबार भने दीपेन्द्रले त्यहाँस्थित मुस्ताङ क्रिकेट एकेडेमीमा प्रशिक्षण गरे । दीपेन्द्र र रोहितसहित आसिफ शेख, अनिल साह, कुशल मल्ल र सन्दीप जोराले नेटमा राम्रो समय बिताएका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेलसहित, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा र सागर ढकाल रेस्टमा रहेका कारण इन्डोर प्रशिक्षणमा आएका थिएनन ।

यता विश्वकपको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आईसीसी टी–२० क्रिकेट विश्व वरीयताको बलिङतर्फ चार स्थान तल झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको वरीयतामा उनी चार स्थान तल झर्दै ९९ स्थानमा पुगेका छन् । सोमपाल यसअघि टी–२० वरीयताको बलिङतर्फ ९५ औँ स्थानमा थिए ।

सोमबार टी २० विश्वकप दोहोर्याएर खेल्ने नेपालका एक्ला खेलाडी हुन् । यस्तै टी–२० क्रिकेटको ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ५० औँ र नेपालका कप्तान रोहितकुमार पौडेल ६१ औँ स्थानमा यथावत् छन् । यस्तै आसिफ शेख एक स्थान तल झर्दै ८९ स्थानमा पुगेका छन् ।

यसैगरी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी १० औँ, कुशल मल्ल ३४ औँ स्थानमा यथावत् छन् । यस्तै गुल्सन झा दुई स्थान तल झर्दै ६४ औँ, रोहित पौडेल दुई स्थान तल झर्दै ६९ औँ र करण केसी पाँच स्थान तल झर्दै ८१ औँ स्थानमा पुगेका छन्।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top