×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

भारतमा मोदी फेरि आउँछन् ? के भन्छ एक्जिट पोल ?

२० जेष्ठ २०८१

२० जेठ , एजेन्सी ।
विश्वकै सबैभन्दा ठूलो र लामो अवधिको आम चुनाव भारतमा सम्पन्न भएको छ । शनिबार सातौँ चरणको मतदान सकिएसँगै एक्जिट पोलहरुले नतिजा आंकलन सुरु गरेका छन् । अधिकांश एक्जिट पोलहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । १३ वटा मत सर्वेक्षणमा सबैको सार नरेन्द्र मोदीले ह्याट्रिक जित हासिल गर्ने उल्लेख छ ।

इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलका अनुसार भारतीय जनता पार्टी (बीजेपी)को गठबन्धन एनडीएले ३६१ देखि ४०१ सिट पाउने देखिएको छ । विपक्षी कंग्रेसको नेतृत्वको गठबन्धन इन्डियाले १३१ देखि १६६ सिट पाउने देखिन्छ । केही सिट तलमाथि भएपनि अधिकांश एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीका एनडीए गठबन्धन स्पष्ट बहुमत पाउने देखाएको छ ।

Advertisement
Advertisement

इन्डिया न्युज–डी डाइनामिक्सले मोदी नेतृत्वको एनडीए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ । सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ । रिपब्लिक भारत–पीमार्कले एनडीएलाई ३५९ र इन्डिया गठबन्धनलाई १५४ सिट दिएको छ । जन की बात एक्जिट पोलले एनडीएलाई ३६२–३९२ सिट दिँदा इन्डिया गठबन्धनलाई १४१–१६१ छुट्याएको छ ।

पोल अफ एक्जिट पोल्सले एनडीएले ३६५ र इन्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ । यस्तै भारतको दैनिक भाष्करले भने ग्राउण्ड जिरो रिपोर्टको आधारमा २८१ देखि ३५० सिट भाजपा नेतृत्वको एनडीए गठबन्धनले पाउनसक्ने र १४५ देखि २०१ सिटसम्म कांग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पाउनसक्ने जनाएको छ ।

सर्वेक्षणअनुसार यस पटक एनडीएले तमिलनाडु र केरलामा खाता खोल्न सक्ने अनुमान छ । साथै कर्नाटकका सबै सिटमा कब्जा गर्न सक्ने उल्लेख छ । ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ । यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरुको अनुमान छ ।

अन्य एक्जिट पोलहरुका पनि प्रक्षेपण सार्वजनिक भइरहेका छन् । एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनेछन् । स्वतन्त्रतापछि १७ वर्ष शासन चलाएका जवाहरलाल नेहरुपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन । शनिबार नै कंग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले भने आफ्नो गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका थिए ।

निर्वाचनको नतिजा ४ जुनमा सार्वजनिक हुने छ । बहुमतका लागि २७२ सिट ल्याउनुपर्छ । यसैबीच एक्जिट पोलहरुले नतिजाहरुको आँकलन सार्वजनिक गरिरहदा दिल्लीमा आम आदमी पार्टीका विधायक तथा नयाँ दिल्ली लोकसभा सीटका उम्मेदवार सोमनाथ भारतीले मोदीले ह्याट्रिक गरे आफुले टाउको मुडुलो पार्ने दाबी गरेका छन् ।

उनले अधिकाँश एक्जिट पोलले गरेको आकलनलाई झुटो बताएका छन् । एक्समामा पोस्ट गर्दै उनले भनेका छन्, “ मेरा शब्दहरु लेखेर राख्नुस्” ४ जूनमा सबै एक्जिट पोलहरु गलत साबित हुनेछन् र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्नेछैनन्” । भारतीले दिल्लीमा सबै सातैवटा सिटहरुमा इंडिया गठबंधनले बाजी मार्ने पनि दाबी गरेका छन् ।

Advertisement
Advertisement

उनले प्रधानमंत्री नरेंद्र मोदीको डरका कारण एक्जिट पोलमा उनलाई हराएको नदेखाइएको समेत भनेका छन् । भारतमा लोकसभाको निर्वाचन सम्पन्न भइसकेको छ । सात चरणमा गरेर ४४ दिनमा लोकसभाको ५४३ सिटमा भएको मतदान भएको थियो । यति बेला निर्वाचनको नतिजाको प्रतीक्षा भइरहेको छ । चुनावी नतिजा जुन ४ मा आउँदै छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top