×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

वेस्ट इन्डिज भर्सेस पपुवा न्यु गिनी, को छ बलियो ?

२० जेष्ठ २०८१

२० जेठ , एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको दोस्रो खेलमा आज आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएनजी)बिच भिड्दैछन् । उक्त खेल क्यारेबियन राष्ट्र गुयनाको जर्जटाउनस्थित प्रोभिडेन्स स्टेडियममा खेलिने छ । वेस्ट इन्डिज र पीएनजीबिचको खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो स्थानमा आसीन छ । पीएनजी भने वरीयताको २०औँ स्थानमा छ । टी–२० विश्वकपको नवौँ संस्करणमा खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

Advertisement

नवौँ विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि छन् । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ । पीएनजीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो ।

पीएनजीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला पीएनजी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो । यसपटक विश्वकपमा वेस्ट इन्डिजले आयोजक राष्ट्रका रूपमा सहभागिता जनाएको हो । पीएनजी भने पूर्वी एसिया तथा प्यासिफिक क्षेत्रबाट छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो ।

त्यो क्षेत्रबाट एउटा टोलीमात्र विश्वकपमा छनोट हुने प्रावधान छ । वेस्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि उचालिसकेको छ । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । क्यारेबियन टोलीले सन् २०१२ मा पहिलो र सन् २०१६ मा दोस्रो पटक टी–२० विश्वकप जितेको थियो ।

वेस्ट इन्डिजका अतिरिक्त इङ्ल्यान्डले मात्र दुई पटक टी–२० विश्वकपको उपाधि उचाल्न सकेको छ । इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा टी–२० विश्वकप जितेको थियो । यो तथ्याङ्कले पीएनजीको तुलनामा वेस्ट इन्डिजलाई बलियो टोलीको रूपमा स्थापित गराउँछ । वेस्ट इन्डिज र पीएनजीले हालसम्म आपसमा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् ।

यस अर्थमा, यही विश्वकपमा यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । सन् २०१८ मा यी दुई टोलीबिच एकमात्र एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । त्यो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजले पीएनजीलाई ६ विकेटले हराएको थियो । त्यतिबेला आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा यी दुई टोलीबिच आपसमा भिडन्त भएको थियो । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल भने मंगलबार नेदरल्यान्ड्ससँग खेल्दैछ ।

 

Advertisement

 

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top