चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ, कसुर आपराधिक विश्वासघात

२१ जेठ, काठमाण्डौ।

चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । थापालाई सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेकोजिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई प्रहरी वृत्त बौद्धमा पठाइएको जनाइएको छ ।

फिल्म ‘प्रसाद २’ विवादको मुद्दामा यस अघि नै उनीविरुद्ध प्रहरीमा उजुरी परेका कारण उनलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताएका छन् । उनका अनुसार थापालाई बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको हो ।

Advertisement

मञ्जुरीबिना नै चलचित्र देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले करिव एक वर्ष अघि गत साउन १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको उजुरी दिएका थिए । सो समयमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद २’को प्रदर्शनबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको रहेको छ। थपाले निर्देशन गरिरहेको चलचित्र ‘रावायण’को दोस्रो चरणको छायांकन चलिरहेको समयमा उनी पक्राउ परेका हुन् । नयाँ मुलुकी ऐनले विश्वासमाथि घात गर्नेलाई तीनदेखि पाँच वर्षसम्म जेल सजाय तोकेको छ।

Advertisement

अपराध संहिताको दफा २५२ मा भएको त्यही व्यवस्थाका आधारमा प्रहरीमा उजुरी पर्ने गरेका छन् । सो दफाअनुसार अरूलाई विश्वासमा पारी घात गरे वा हानीनोक्सानी पु¥याए तीनदेखि पाँच वर्षसम्म जेल सजाय र ३० देखि ५० हजारसम्म जरिवाना हुन्छ। कसैलाई जिम्मा दिएको सम्पत्ति नियन्त्रण गरे वा अरुलाई प्रयोग गर्न दिए पनि अब धनीले विश्वासघात भयो भनेर प्रहरीमा उजुरी गर्न सक्नेछन्।

त्यसैगरी अरूको कुनै काम अथवा कारोबारको जिम्मा लिएर हानी नोक्सानी हुने खालको कार्य गरे पनि कारबाही हुनेछ। विगतमा अरूको सम्पत्ति हेर्ने जिम्मा लिएका धेरैले विश्वासघात गरेर सम्पत्ति हिनामिना भयो भन्दै प्रहरीमा उजुरी गर्ने गर्थे। संहिताको दफा २५२ मा आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानुन विपरित बेइमानीपूर्वक अरू कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरूलाई दिएमा वा दिलाएमा विश्वासघात गरेको ठहरिन्छ।

त्यस्तै अर्काको कुनै कारोबारो गर्ने जिम्मा लिएको वा कानुनी कर्तव्य पालन गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोबारका सम्बन्धमा अर्काको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिले आफू वा अरू कसैलाई फाइदा पु¥याउनको लागि आफ्नो कर्तव्य विपरित कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानी नोक्सानी वा क्षति पु¥याएमा पनि विश्वासघात हुने छ।

कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिका हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पु¥याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानुनी कर्तव्य भएको व्यक्तिले विश्वासघात गरेमा यो दफा आकर्षित हुन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top