×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

के आज नेपालले विश्वकपको पहिलो ढोका खोल्ला ?

२४ जेष्ठ २०८१

२४ जेठ,  एजेन्सी ।

फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्दैछ । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनोट खेल जुन ६ मा युएईविरुद्ध र यमनसँग जुन ११ मा खेल्ने तालिका रहेको छ । घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालामा खेल्न मिल्ने नभएपछि ’न्युट्रल भेन्यू’ को रुपमा साउदी अरबमा खेल्न लागिएको हो ।

Advertisement
Advertisement

एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन नमिल्ने भएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो । नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो । साउदी अरबस्थित प्रिन्स मोहमद बिन फाहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुने छ ।

युएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ । यी दुई खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका छन् । जसमा यसअघि टिममा नरहेका आयुष घलानले पुनरागमन गरेका छन् भने बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक राष्ट्रिय टिममा अवसर पाएका छन् ।

त्यस्तै इन्जुरीका कारण अन्जन विष्ट भने टिममा रहेका छैनन् । नेपाली फुटबल टोलीमा गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल र विशाल सुनार रहेका छन् । यस्तै डिफेन्डरः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई ।

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा र आशिष राई । फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट र आयुश घलान रहेका छन् । विश्वकप छनोटको समूह एचमा रहेको नेपालले यस अघि खेलेका चारै खेलमा हार बेहोरेको छ । नेपालले यसअघि युएईसँग खेलेको खेलमा ४–० ले हार बेहोरेको थियो ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top