×

NEPAL TIMES UPDATES

Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026

ओलीका लागि बालेन, भैंसीको ढाडमा झिँगा

२५ जेष्ठ २०८१

२५ जेठ ,काठमाण्डौ ।

केही दिन यता नेपालको संसददेखि समग्र राजनीति नै गर्माउने काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दिएको अभिब्यक्ति र ओलीले शिक्षामन्त्री समेत रहेकी रास्वपा नेतृ सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिब्यक्तिका बारेमा ओलीले जवाफ दिएका छन् । उनले काठमाडौँ महानगरका मेयर बालेन शाहले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफूमाथि लगाएको आरोपको जवाफ दिएका छन् ।

Advertisement
Advertisement

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले कसैसँग पनि अनावश्यक विवादमा गर्न नचाहेको बताए । ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो ? त्यसले थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर’, ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ, म राष्ट्रिय राजनीतिलाई परिपक्व, जिम्मेवार, सभ्य राजनीतिमा लानुपर्छ भन्ने पक्षमा छु ।’

मेयर बालेनले केही दिनअघि गिरीबन्धु प्रकरणको घोटालामा ओली संलग्न रहेको भन्दै लेखेका थिए । बालेनले गिरीबन्धु प्रकरणमा १० हजार अर्ब करोड घोटाला गर्न ओली संलग्न रहेको भन्दै फेसबुकमा लेखेका थिए। बालेनले ओलीका विषयमा टिप्पणी गरेपछि एमालेका तर्फबाट योगेश भट्टराईले संसदबाटै बालेनलाई आफ्नो पदीय जिम्मेवारी नभुल्न आग्रग गरेपछि यसलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत राजनीतिक हतियार बनाएको छ ।

बालेनले सुरु गरेको न्यूरोडमा सडक काटेर फुटपाथ विस्तार गर्ने कामको समर्थन गर्दै नेपाली कांग्रेसका सांसदहरुले बालेनको काँधमा बन्दुक राखेर एमालेलाई निशाना बनाएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बालेनलाई काम गर्न दिन र उनको अधिकार क्षेत्रमाथि नपस्न संघीय सरकारलाई आग्रह गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकारक्षेत्र प्रयोग गर्न दिन आग्रह गरे ।

उनले बालेनसँग भिडेर बस्ने काम बन्द गर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरे । “काठमाडौंको मेयरसँग भिड्न परे उपमेयरलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेको पार्टीमा प्रतिनिधिलाई भन्नुपर्छ नि । मेयर साब शैली भएन, जेल बसेको नेताको आदर भएन भनेर,” उनले भनेका छन् । त्यस्तै ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण पनि दिएका छन् ।

‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढङ्गले जोड्नु व्यर्थ छ’, ओलीको भनाइ छ । केहीदिन पहिला अध्यक्ष ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भनेर शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले प्रतिवाद गरेकी थिइन् ।

यो विषयका बारेमा रास्वपाका सभापति तथा गृहमन्त्रीसहित सांसदहरुले समेत प्रतिवाद गरेका थिए । ओलीले बजेटका विषयमा पनि आफ्नो अभिब्यक्तिको प्रष्टिकरण दिएका छन् । उनले बजेटलाई राम्रो बनाउनुपर्छ भनेर आफूले कुरा राखेको भए पनि केही असन्तुष्ट रहेको प्रष्ट पारे । सत्ता समीकरणलाई भत्काउने प्रयास भइरहेपनि अहिले त्यो सम्भावना नरहेको दाबी गरे।

Advertisement

“ अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन । यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन”, अध्यक्ष ओलीको भनाइ थियो । फरक प्रसङ्गमा कुरा गर्दै उनले भारतका प्रधानमन्त्रीको शपथग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने धारणा राखे।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top