×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

अमेरिकी टिममा भारतीय मुलका मात्रै ८ खेलाडी

२५ जेष्ठ २०८१

२५ जेठ , एजेन्सी ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणअन्तर्गत बिहीबार राति खेलिएको खेलमा आयोजक मध्येको एक अमेरिकाले ऐतिहासिक तथा अप्रत्याशित नतिजा हात पारेको छ । अमेरिकाले एक पटकको टी २० विश्वकपको च्याम्पियन बनिसकेको बलियो टेस्ट राष्ट्र पाकिस्तानलाई ‘सुपर ओभर’ मा हराएर जारी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ ।

Advertisement
Advertisement

टी–२० विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । अमेरिका आयोजकका रुपमा विश्वकपमा छनोट भएको राष्ट्र हो । विश्वकपको पूर्वसन्ध्यामा अमेरिकाले बंगलादेशलाई ३ खेलको टी–२० सिरिजमा हराएको थियो । तर एक वर्ष अघि मात्रै हो एकदिवसीय विश्वकप छनोटका क्रममा अमेरिका नेपालसँग ६ विकेटले पराजित भएको थियो ।

यस्तै २०७६ सालमा नेपालसँग ३५ रनमा अल आउट भएको अमेरिका अहिले टेस्ट राष्ट्रलाई समेत पराजित गर्ने स्थानमा पुगेको छ । गएरातिको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पनि निर्धारित ओभरमा तीन विकेट गुमाएर एक सय ५९ रन नै बनायो । त्यसपछि खेल ‘सुपर ओभर’ मा गयो ।

‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको अमेरिकाले एक विकेट गुमाएर १८ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ‘सुपर ओभर’ मा १३ रनमात्र बनाउन सक्यो । ‘सुपर ओभर’ मा अमेरिकाको जितमा नायक बने, सौरभ नेत्रवाल्करले पाकिस्तानको तीन विकेट लिएका थिए । सौरभ नेत्रवाल्कर भने भारतीय मूलका अमेरिकी खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीविरुद्ध भारतबाट खेलिसकेका छन् ।

उनी सन् २०१० को आईसीसी यू–१९ विश्वकपमा भारतीय टोलीका सदस्य थिए । जहाँ उनले पाकिस्तानविरुद्ध समेत खेलेका थिए । यद्यपि उक्त खेलमा पाकिस्तानले भारतलाई दुई विकेटले हराएको थियो । पाकिस्तानका वर्तमान कप्तान बाबर आजम त्यतिबेला पनि पाकिस्तानी टोलीका महत्त्वपूर्ण सदस्य थिए । गएराति तिनै बाबरको टिमलाई स्तब्ध बनाउन सौरभले निर्णायक भूमिका खेलेका छन् ।

लगातार दुई जित हासिल गरेको अमेरिकाले टी–२० विश्वकपको आफ्नो पहिलो सहभागितामै ‘सुपर–८’ चरणको सम्भावना पनि बलियो बनाएको छ । यसअघि अमेरिकाले क्यानडाविरुद्ध ७ विकेटको जित हासिल गरेको थियो । अमेरिकाको विश्वकपमा पहिलो सहभागितामा नै यो लोभलाग्दो खेल नतिजाको भरपर्दाै आशा भने विदेशी मुलका अमेरिकी खेलाडीहरु नै रहेका छन् ।

अमेरिकाबाट खेल्ने अधिकांश खेलाडीहरु विदेशी मुलका रहेका छन् । जसमा ८ जना त भारतीय मुलका मात्रै रहेका छन् । टी–२० विश्वकपको पहिलो खेलमा खेलेका ११ जनामध्ये २ जना खेलाडीमात्रै वास्तविक अमेरिकी हुन् । आरोन जोन्स र स्टेभेन टेलरबाहेक सबै विदेशी मूलका खेलाडी रहेका छन् । टी–२० विश्वकपमा अमेरिकाको कप्तानी गरिरहेका मोनक पटेल अमेरिकी होइनन् ।

भारतमा जन्मिएका उनले उमेर समूहमा भारतबाटै खेलेका थिए । पटेलले सन् २०१९ देखि अमेरिकाको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । पटेलसहित अमेरिकाको टीममा रहेका हर्मित सिंह र सौरभ नेत्रभाल्कर भारतका हुन् । हर्मित र सौरभले भारतीय यू–१९ टोलीबाट समेत खेलिसकेका छन् । उनीहरूले सन् २०१० मा भएको यू–१९ विश्वकपमा भारतबाट खेलेका थिए ।

अमेरिकाबाट विश्वकपमा समेटिएका विकेटकिपर ब्याटर एन्ड्रिस गोस दक्षिण अफ्रिकाका हुन् । उनले दक्षिण अफ्रिकाको यू–१९ टोलीबाट खेलेका थिए । यस्तै अलराउन्डर श्याडली भान शाल्क्विक पनि दक्षिण अफ्रिकाका हुन् । हाल अमेरिकाबाट खेलिरहेका नितिश कुमार भारतीय मूलका क्यानेडियन खेलाडी हुन् । गत अप्रिलदेखि मात्र उनी अमेरिकाबाट खेल्न थालेका हुन् ।

यस्तै सन् २०१९ देखि अमेरिकाबाट खेल्दै आएका अली खान पाकिस्तानका हुन् । ब्याटिङ अलराउन्डर कोरे एण्डरसन न्युजिल्यान्डका पूर्वस्टार हुन् ।बलरमा जसदीप सिंह भारतीय मूलका हुन् । यस्तै नोसथुस प्रदीप केन्जिगे, निशर्ग पटेल र मिलिन्द कुमार पनि भारतीय मूलकै अमेरिकी हुन् । शायन जहागिर पाकिस्तानका हुन् ।

अब लगातार दुई खेल जितेको अमेरिकाले टी–२० विश्वकपमा जुन १२ मा भारत र जुन १४ मा आयरल्यान्डसँग खेल्ने तालिका छ । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top