×

NEPAL TIMES UPDATES

Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटपछि जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026

विद्या भण्डारी फेरि एमाले कार्यकर्ता, पार्टी सदस्यता रिन्यू

३ असार, विराटनगर ।

नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपति भएपछि नेकपा एमाले त्याग गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेमा प्रवेश गरेकी छन् ।

Advertisement
Advertisement

सात वर्ष राष्ट्रपति भएकी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् । २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन् ।

एमाले पार्टी कार्यालय स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन् । एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छन् । राष्ट्रपति पदमा जानुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।

भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमालेकै केही नेताहरु लागिपरेका छन् । गत जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन भण्डारीले गरेकी थिइन् ।

दुई दिन चलेको भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रुपमा मात्रै सीमित भए । पार्टी अध्यक्ष नै उपस्थित कार्यक्रममा भण्डारीबाट कार्यक्रमको उद्घाटन भएर ओली ताली बजाउन मात्रै सीमित भएको घटनाले एमालेमा उनको सक्रियताको प्रष्ट संकेत गरेको थियो ।

भण्डारी सक्रिय राजनीतिमा फर्किँदा विघठित नेकपा फर्काउने बृहत् रोडप्याप अघि सारिएको छ । राष्ट्रपति पदमा रहँदासमेत उनले आफू पूर्ववत अवस्थामा आबद्ध रहेको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार पदीय गरिमा बिर्सेर काम गरेको भन्दै पटक–पटक आलोचनामा परेकी थिइन् । सामान्यतया पूर्वराष्ट्राध्यक्ष पार्टीको सदस्य नबन्ने अन्तराष्ट्रिय परम्परा छ ।

अर्का पूर्वराष्ट्रपति रामवरण यादव कांग्रेस पार्टीका औपचारिक कार्यक्रमहरुमा सहभागी हुने गरे पनि पार्टी सदस्यता भने लिएका छैनन् ।

यसैबीच भण्डारी चीन भ्रमणमा जाने पनि बताइएको थियो । तर तत्कालका लागि उनको भ्रमण स्थगित भएको छ । अ

सार महिनाभित्र चीन जाने गरी तयारी अघि बढे पनि भण्डारीको भ्रमण तत्कालका लागि रोकिएको एमाले स्रोतले जानकारी दियो । भण्डारी अध्यक्ष केपी शर्मा ओलीको असहमतिका बाबजुद चीन जाने तय भएको थियो ।

भण्डारीले स्वास्थ्यका कारण तत्काल भ्रमणमा आउन नसक्ने खबर चिनियाँ पक्षलाई दिएकी छन् । उनको भ्रमणलाई सरकार र एमालेले गोप्य राख्ने प्रयास गर्दै आएको छ । चीनले उनलाई पूर्वराष्ट्रपतिको रुपमा भन्दा पनि एमाले नेत्रीका रुपमा स्वागत सत्कार गर्ने तयारी अघि बढाएको थियो ।

नेपालका कम्युनिष्टहरुलाई भण्डारीको नेतृत्वमा एकै ठाउँमा राख्न चिनियाँ पक्षले सुझाव दिँदै आएको बताइन्छ ।

तत्कालीन नेकपामा देखिएको विग्रह र त्यसैको फलस्वरुप पार्टी तीन–चार टुक्रामा विभाजित भएबाट चीन सन्तुष्ट छैन ।

Advertisement

२०७२ मा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी त्यसपछि पार्टीसँगको औपचारिक सम्बन्धमा थिइनन् । तर, उनले वैशाख १ गते पार्टीको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिकमा आउने ढोका खोलिकी हुन् । कतिपयले उनको यो कदम पदीय मर्यादा विपरीत रहेको भनेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top