×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

एमाले मोरङ अध्यक्षले नगर अध्यक्षलाई पार्टीबाटै निकाले, निर्णय सच्याउन माग

४ असार २०८१

३ असार, विराटनगर ।

नेकपा एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले खानेपानी संस्थाको निर्वाचनमा पार्टीका उम्मेद्वारविरुद्ध लागेको भन्दै विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा लगायतलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेपछि मोरङ एमाले भित्र ब्यापक तिक्तता उत्पन्न भएको छ ।

Advertisement
Advertisement

महानगर अध्यक्षलाई नै स्पष्टिकरण समेत नसोधी पार्टी सदस्य समेतबाट निलम्बन गरेपछि कार्यकर्ता पंक्ति समेत विभाजित भएका छन् ।

पार्टीले आफूविरुद्ध गरेको अन्यायको आइतबार ठूलो संख्यामा कार्यकर्तासहित पार्टी कार्यालय पान्चालीमै पुगेर पार्टी नेतृत्वप्रति खबरदारी गरेका थापाले सोमबार पत्रकार सम्मेलन गर्दै गलत निर्णय सच्याउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर थापाले क्षमा याचना सहित गलत निर्णय सच्याएको खण्डमा मोरङ अध्यक्ष कार्कीलाई माफी दिने बताएका छन् ।

उनले आसन्न विराटनगर महानगरको नेतृत्वका लागि आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै पार्टी भित्रैबाट यसको समाधान खोज्नु पर्ने बताएका छन् ।

नेकपा एमाले मोरङका अध्यक्ष कार्कीले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थामा पार्टीका उम्मेदवार रामबहादुर घिमिरेलाई हराउन विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, महानगर कमिटीका उपसचिव नवराज नेपाल, महानगर कमिटी सदस्य सुरज न्यौपाने र सन्दिप पोखरेल, नेकपा एमाले विराटनगर–३ वडा कमिटी अध्यक्ष लालमणी भट्टराई र नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य मुकेश बुढाथोकीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट कारवाही गरेका छन् । लालमणी भट्टराई भने मानगढ खानेपानी संस्थाको अध्यक्षका लागि घिमिरेका प्रतिस्पर्धी रहेका छन् ।

पत्रकार सम्मेलनमा थापाले पार्टी विधानको धारा ८० को उपधारा ३ र ६ अनुशार जनप्रतिनिधि मूलक संस्था संघीय संसद, प्रदेश सभा, स्थानीय तह र जिल्ला समन्वय समिति तथा पालिका सभामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध अन्तर्घात गर्ने पार्टीका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेर कारवाही गर्ने प्रावधान रहेपनि मानगढ खानेपानी जस्तो संस्थाको निर्वाचनमा भएको अन्तर्घातको विषयलाई लिएर पार्टीका नेता तथा कार्यकर्तालाई कारवाही गर्ने व्यवस्था नभएकोले गरिएको गलत कारवाही क्षमा याचना सहित फिर्ता लिन मोरङ अध्यक्ष कार्कीलाई सुझाव दिएका छन् ।

पत्रकार सम्मेलनमा नेकपा एमाले विराटनगर महानगर कमिटीका उपसचिव नवराज नेपालले विराटनगर–३ स्थित मानगढ खानेपानी संस्थामा २६ वर्षदेखि एउटै व्यक्ति अध्यक्ष पदमा रहेको र संस्था भित्र भष्ट्राचार र अनियमितताले जरो गाडेको आरोप लगाएका छन् ।

संस्थाका अध्यक्ष रामबहादुर घिमिरेले खरीद गरेको जग्गामा मोटो रकम अनियमितता भएको आरोप लगाएका छन् ।

२६ धुर भनेर खरीद गरिएको जग्गा १२ धुर मात्रै रहेको र जग्गाको चलनचल्ती भाउ ४३ लाख मूल्य रहेकोमा अध्यक्ष घिमिरेले ८७ लाखमा सो जग्गा खरीद गरेर मोटो रकम अनियमितता गरेको आरोप लगाएका छन् ।

थापाले मानगढको नेतृत्वको लागि हुने निर्वाचनमा एकै ब्यक्ति लामो समयदेखि जिम्मेवारीमा रहेको र आर्थिक अपचलनका आरोपहरु लागेको अवस्थामा नयाँ नेतृत्वको बारेमा प्रस्ताव गर्दा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित घिमिरेलाई नै उम्मेदवार बनाउने निर्णय गरेको र यसका लागि आफूलाई लिखित निर्णय समेत नदिएको बताएका छन् ।

बाबुराम कार्की भने अहिले मोरङ एमालेमा निमित्त अध्यक्षका रुपमा रहेका छन् । जिल्ला कमिटि अध्यक्ष ऋषिकेश पोखरेल प्रतिनिधि सभा सदस्यसँगै लेखा समितिको सभापति समेत बनेपछि कार्यव्यस्तता बढेको भन्दै कार्कीलाई मंसिर भित्र अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको थापाले बताएका छन् ।

थापा नेतृत्वको विराटनगर महानगर कमिटिले महानगरको अधिवेशन भने आगामी असोज १२ र १३ गते गर्ने निर्णय गरिसकेको छ ।

उता मानगढ खानेपानीको नयाँ कार्यसमितिको गएको जेठ १९ गते निर्वाचन सम्पन्न भएपनि विवादका बीच अझै मतगणना हुन् सकेको छैन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top