×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

रासिद खानको नाममा सर्वाधिक छिटो १ सय ५० विकेट

१२ असार २०८१

११ असार , एजेन्सी ।

अमेरिका र वेस्टइन्डिजमा जारी टी २० विश्वकपमा अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उच्च लयमा रहेको अफगानिस्तानका कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

Advertisement

सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो । १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । उनले नटआउट रहँदै ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे । त्यस्तै, सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् ।

रासिदले मात्र ९२ खेलमा १५० विकेटको कीर्तिमान पार गरेका हुन् । खानले २०१५ देखिको २०२४ सम्मको ९२ खेल २ हजार १ सय १४ बलमा १ सय ५२ विकेट लिएका छन् । यस अवधिमा उनले २१ सय ४१ रन जोडेका छन् । टीम साउथीले भने यो कीर्तिमान ११८ खेलमा बनाएका थिए । अहिलेसम्म टिम साउथी १ सय २६ खेलमा १ सय ६४ विकेटका साथ टी २० आईमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका छन् ।

यो कीर्तिमानी दौडमा नेपालका स्पिनर सन्दीप लामिछानेपनि रहेका छन् । सन्दीपले मात्र ५४ खेलमा सय विकेट पूरा गरेका छन् । तालिका अनुशार टी २० आईमा सय विकेट पूरा गर्ने खेलाडीहरु १६ जना रहेका छन् । बंगलादेशविरुद्धको खेलमा नविन उल हकले पनि ३.५ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए । कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे ।

त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए । कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ए मा भारत ३ खेलमा ३ जितका साथ ६ अंकसहित सेमिफाइनलमा पुगेको छ भने समूह उपविजेता बनेको अफगान ३ खेलमा २ मा जित र एकमा हारसहित ४ अंक जोड्दै सेमिफाइनलमा पुगेको छ । अष्ट्र्लिया ३ खेलमा १ जित र २ हजार सहित २ अंक र बंगलादेश ३ खेलमा ३ हारसहित शुन्य अंकसहित प्रतियोगिताबाट घर फर्किएको छ ।

Advertisement

अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ । पहिलो पटक सेमिफाइनलमा पुगेको अफगानिस्तानले २०१० देखि २०२४ सम्म ७ पटक विश्वकप खेलिसकेको छ । जसमा यसपटक सेमिफाइनलमा प्रवेश गर्नु नै उसको सबैभन्दा ठूलो उपलब्धि हो । विश्वकपमा अफगानिस्तानले खेलेका कुल २९ खेल मध्ये १२ वटामा जित र १९ खेलमा पराजय भोगेको छ ।

भर्खरको समाचार

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

ram bahadur thapa badal

इन्धनको भाउले नेपालीको ढाड सेक्यो, पेट्रोल लिटरकै २ सय माथि

petrol-pump-india_AFP

नुवाकोटमा सिन्दुरे जात्रा उत्कर्षमा, देवीघाटमा आज भविष्यवाणी

df511725-436d-4107-b7e7-903db28171aa

सम्बन्धित खबरहरु

Scroll to Top