×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

ओली र प्रचण्डलाई भिडाएका विकिलिक्समा संस्थापक जेलमुक्त

१२ असार २०८१

११ असार , एजेन्सी ।

चार वर्ष अघि नेपालको राजनीति तताउने एक गतिलो अस्त्र बनेको विश्व चर्चित विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षको जेल जिवन बिताइ रिहा भएका छन् । एक वर्ष लामो कानुनी लडाइँपछि असान्ज सोमबार बेलायती जेलबाट छुटेका हुन्। ५२ वर्षीय असान्जले राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात चोरेको र सार्वजनिक गरेको अभियोग लागेको थियो ।

Advertisement
Advertisement

अमेरिकी प्रशासनले विकिलिक्सले सार्वजनिक गरेका इराक र अफगानिस्तानसँग सम्बन्धित फाइलका कारण धेरैको ज्यान खतरामा परेको आरोप लगाएको थियो । विश्वभरका सरकारका अति गोप्य कागजाताहरुको पर्दाफास गरेको विकिलिक्सकै कारण ४ वर्षअघि तत्कालीन समयमा पनि नेपालको राजनीतिको मियो रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आरोप प्रत्यारोपको वाक युद्धको अवस्था सृजना गरेको थियो ।

विकिलिक्सले काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकामा सन् २००७ अप्रिल ९ अर्थात २०६३ चैत्र २६ मा पठाएको सूचना चुहाँउदै प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रशाहको शक्ति बाँडफाँटको बारेमा जानकारी सार्वजनिक गरेको थियो । यसैलाई केन्द्रमा राखेर केपीशर्मा ओलीले ज्ञानेन्द्र र प्रचण्डकोउक्त संझौतापछि दरबारले नेपालमा दलहरुमाथि नै प्रतिबन्ध लगाइएको दावी गरेका थिए ।

ओलीको मत थियो माघ ‘१९’ को कदम अघि तत्कालिन राजा ज्ञानेन्द्र र माओवादीअध्यक्ष प्रचण्डबीचको संझौताजिम्मेवार छ ।यही अभिब्यक्तिको प्रचण्डले विज्ञप्ति जारी गर्दै ओलीसँग कि प्रमाण दिन कि माफी माग्न सुझाएका थिए । दुई अध्यक्षबीचको आरोप प्रत्यारोपले कार्यकर्ता सम्म असर पुर्याएको थियो । विकिलिक्स नामको वेबसाइट सन् २००६ मा दर्ता भएको थियो तर यसको कामभने २००७ मा सुरु भएको थियो ।

यसका संस्थापक जुलियन असान्जले आफू सेन्सरसिपको विरुद्धमा काम गरिरहेको र आफ्ना स्रोतहरू सुरक्षित राख्दै सरकारको गोप्य सूचना सार्वजनिक गर्ने दाबी गरेका थिए ।असान्जले सर्वप्रथम अमेरिकी जेल ग्वान्टानामो खाडीसँग सम्बन्धित कागजात चुहावट गरेर विश्वको ध्यानाकर्षणमा आएका थिए ।

फेरि २०१० मा, उनले विश्वभरका समाचारपत्रहरूसँग मिलेर सरकार र नेताहरूसँग सम्बन्धित गोप्य कुरा सार्वजनिक गरेपछि विश्वभर नै यसले एक किसिमको आतंक मच्चाएको थियो । विकिलिक्सले द न्युयोर्क टाइम्स, द गार्डियन, डे स्पीगल, ले मोन्डे र एल पेस जस्ता अखबारहरूसँग नजिकबाट काम ग¥यो र १०मिलियनभन्दा बढी कागजातहरू चुहाएको थियो ।

यसमा अमेरिकादेखि युरोप, चीन, अफ्रिका र मध्यपूर्वसम्मका सरकारहरूसँग सम्बन्धित कागजातहरू थिए। जहाँनेपाल पनि समेटिएको थियो । तर समयसँगै विकिलिक्सले आफ्नो सम्पूर्ण ध्यान अमेरिकामा केन्द्रित गर्यो। जसका कारण अमेरिकाले असान्जलाई रुससँग मिलेर काम गरेको आरोप लगाउन थाल्यो तर असान्जले यसलाई सधैँ अस्वीकार गर्दै आएका छन् ।

जुलाई २०१६ मा, विकिलिक्सले धेरै इमेलहरूको खुलासा ग¥यो जसमा अमेरिकाको डेमोक्रेटिक पार्टीले बर्नी स्यान्डर्सलाई आफ्नो राष्ट्रपतिको उम्मेद्वारको रूपमा हिलारी क्लिन्टनको पक्षमा रहेको देखाएको थियो। त्यसपछि पार्टीका धेरै वरिष्ठ नेताहरुले राजीनामा सम्म दिनुपरेको थियो ।विकिलिक्स पछिल्लो दशकमा धेरै विवादले घेरिएको छ । तर यसको सबैभन्दा ठूलो विवाद असान्ज आफैंको वरिपरि रहेको छ।

असान्जविरुद्ध एकपछि अर्को बलात्कार र उत्पीडनको मुद्दा पनि दायर भएका छन् । असान्जका समर्थकहरूले यसलाई उनलाई फसाउने षड्यन्त्र भनेका छन् भने आलोचकहरूले भने उनलाई आफ्नै फाइदाको लागि हेरफेर गर्ने व्यक्तिभन्ने गरेका छन् । यी मुद्दाका कारण उनी आफ्नो देश स्वीडेनमानिर्वासन नपरोस् भन्ने डरले २०१२ देखि २०१९ सम्म लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएर बसे ।

अमेरिकाको बढ्दो दबाबकाबीचस्वीडेनले मे २०१७ मा उनीविरुद्धको अनुसन्धानबन्द गरे पनिअसान्जेले दूतावासमा शरण लिन जारी नै राखे ।सन् २०१९ मा इक्वेडरमा सरकार परिवर्तन हुँदा उनलाई पक्राउ गरिएको थियो । त्यसपछि उनी बेलायतको उच्च सुरक्षाको बेलमार्श जेलमा रहेका थिए । असान्ज बेलायको जेलमा रहदा नै अमेरिकी कानून मन्त्रालयले उनीविरुद्ध १७ वटा अभियोग लगाएको थियो ।

उनले आफूमाथिका सबै खाले आरोपहरुको खण्डन गर्दै आएका छन् भने अमेरिकाले उनलाई सुपुर्दगी गर्न आग्रहगर्दै आएको थियो । अदालतको पत्रअनुसार जुलिअन अब अस्ट्रेलिया फर्किनेछन् । सान्जले कानूनी प्रक्रिया पूरा गरी बेलायत छाडेका छन् । जेलबाटै उनले अमेरिकामा सुपुर्दगी नहुन मुद्दा लडिरहेका थिए । अब असान्ज अमेरिकामा हिरासतमा बस्नुपर्ने छैन ।

यद्यपी अमेरिकी प्रशासनसँगको सहमतिअनुसार अब असान्जले एक अमेरिकी अदालतमा गएर आफूले गरेका कामको गल्ती महसुस गर्नुपर्नेछ । उनले अमेरिकामा जेलजीवन बिताउनुपर्ने छैन । लन्डनमा पाँच वर्ष बिताएको कैदलाई नै त्यो जेलनीवनका लागि गणना गरिनेछ । असान्जेलाई सन् २०१० मा जर्मनीको स्टकहममा भएको विकिलिक्स सम्मेलनमादुईजनामहिलामाथिबलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

तर उनले यौन सहमतिमा हुन्छ भन्दै आफूमाथिको आरोप अस्विकार गर्दै आएका थिए । ५२ वर्षे असान्जलाई जेलमा रहदा नै आफ्नी प्रेमिका स्टेला मोरिससँग जेलभित्रै बिहे गर्न अनुमतिमिलेको थियो । मारिस दक्षिण अफ्रिकी मुलकी अधिवक्ता तथा अधिकारकर्मी हुन् । उनी असान्जको रिहाईको लागि लडिरहेकी थिइन् । उनीहरुकादुई सन्तान छन् ।

असान्जेको जन्म सन् १९७१ मा अष्ट्रेलियामा भएको थियो । आफ्नो किशोरावस्थामा, असान्जेले १९८९ मा टेरेसा नामकी केटीसँग विवाह गरेका थिए । उनीसँगबाटपनिअसान्जेका डेनियलनामका छोरापनि छन् । तर १९९९ मा टेरेसासँग उनी अलग भएका थिए ।विश्वचर्चित असान्ज सम्पादक, प्रकाशक तथा सामाजिक अभियन्ता हुन् ।

Advertisement

असान्ज जेलमा रहदा पनि विकिलिक्सले आफ्नो काम भने छाडेको थिएन । २०२१ मा मात्रै विकिलिक्सले १७ हजार कागजातहरूको डाटाबेस जारी गरेको थियो विकिलिक्स एकगैर–नाफा मुलक संस्थाहो । यो स्वयंसेवकबाट दिएको सहयोगबाट संचालित छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top