NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

आज भारत भर्सेस इंग्ल्याण्ड, अफ्रिकासँग फाइनल खेल्ने को ?

बिहिबार असार १३ , २०८१
Reading Time: 1 min read
A A
आज भारत भर्सेस इंग्ल्याण्ड, अफ्रिकासँग फाइनल खेल्ने को ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ असार, एजेन्सी ।

अफगानिस्तानविरुद्ध कीर्तिमानी जित हासिल गर्दै दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका तेस्रो प्रयासमा फाइनलमा पुग्न सफल भएको हो । जारी विश्वकपमा कीर्तिमानी प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लगातार ८ खेल जित्ने एक्लो टोली हो ।

यसअघि सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको दक्षिण अफ्रिका १० वर्षपछि अहिले सेमिफाइनलमा पुगेको थियो । सुपर ८ मा समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका तेस्रोपटक सेमिफाइनलमा पुगेको थियो । अफगानिस्तान भने समूह १ को उपविजेताका रूपमा पहिलो पटक अन्तिम चारमा पुगेको थियो । एकपक्षीय बनेको सेमिफाइनलमा अफगानिस्तानले दिएको मात्र ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

LS Auto

दोस्रो विकेटका लागि रिजा हेनरिक र कप्तान एडेन मक्रमले ५५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाले खेल सहजै जितेको हो । रिजा २९ र मक्रम २३ रनमा नटआउट रहे । ओपनर क्वीन्टन डी कक ५ रन बनाउँदा फजहक फारुकीको बलमा बोल्ड आउट भए ।त्यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले बिर्सनलायक प्रदर्शन गर्दै ११.५ ओभरमा मात्र ५६ रनमा अलआउट भएको थियो ।

यो विश्वकपको सेमिफाइनल इतिहासमा अहिलेसम्मकै कम योगफल हो । समूह चरण र सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको अफगानिस्तान दक्षिण अफ्रिकाको घातक बलिङसामु लामो समय क्रिजमा टिक्न सकेन । अजमतुल्लाह ओमरजाइले बनाएको १० रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो । अन्य ब्याटरले दोहोरो अंककोे स्कोर छुन सकेनन् । अफगानिस्तानका ४ ब्याटर बोल्ड आउट भए ।

तीन ब्याटर क्याच आउट र तीन खेलाडी एलबीडब्लु आउट भए । अफगानिस्तानलाई कम स्कोरमा रोक्न मार्को जोसन र तबरैज साम्सीले समान ३ विकेट लिए । कागिसो रवाडा, एनरिच नोर्टेजले समान २ विकेट झारे ।समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्डस्लाई ४ विकेटको जितेको थियो ।

समूह चरणको आफ्नो तेस्रो खेलमा बंगलादेशलाई ४ रनले पराजित गर्दा नेपालमाथि १ रनको रोमाञ्चक जित हात पारेको थियो । सुपर ८ मा आयोजक अमेरिकालाई १८ रनले हराउँदा इङल्यान्डविरुद्ध ७ रनको जित निकालेको थियो । सुपर ८ मा नै अर्को आयोजक वेस्ट इन्डिजलाई डिएलएस मेथडमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

उता सुपर ८ भारतसँग ४७ रनले पराजित हुँदा दोस्रो खेलमा अस्ट्रेलियालाई २१ रनले पाखा लगाएको थियो । सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनको जित दर्ता गर्दै विश्वकपको इतिहासमा नै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणमा न्युजिल्यान्ड र सुपर ८ मा अस्ट्रेलियालाई हराएको टोली उच्च मनोबलमा छ ।

अब आज राती हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्डले खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको ८ः१५ बजे सुरु हुनेछ । यसअघि टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । जोस बटलर र एलेक्स हेल्सको कप्तानीमा रहेको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई लज्जास्पद हार चखाएको थियो । २०२२ को बदला लिनका लागि भारतलाई आज मौका रहेको छ । अहिले भारतको टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ ।

नकआउट खेलमा भारतीय टोली फेरि एक पटक रोहित शर्माको नेतृत्वमा जोस बटलरको सेनासँग भिड्नेछ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेलमा जितको स्वाद चाखेको छ । टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।

यो खेलमा भारतले फेरि रोहित शर्माबाट बलियो प्रदर्शनको अपेक्षा गरेको छ । अस्ट्रेलियाविरुद्ध उनको ब्याट चलेको थियो । उनले ९२ रनको तुफानी पारि खेल्दै स्टार्क र प्याट कमिन्सलाई ध्वस्त पारेका थिए । आजको खेलमा पनि उनीबाट यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ । रोहितको साथमा विराट कोहली देखिनेछन् । तर, स्टार ब्याट्सम्यानको फर्म चिन्ताको विषय बनेको छ । हालसम्म जारी प्रतियोगितामा उनले ६६ रन मात्र बनाउन सकेका छन् ।

यस्तो अवस्थामा फेरि एक पटक यशस्वी जैसवालले बाहिर बस्नु पर्ने हुनसक्छ । उनी अहिलेसम्म प्लेइङ ११ मा परेका छैनन् ।यसैगरी इंग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ । आफ्नो ठूला छक्काको साथ, बटलरले कुनै पनि टोलीलाई घुँडा टेकाउन सक्छन् । अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रीतलाई लगातार ५ छक्का प्रहार गरेका थिए ।

यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन् । त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन् । उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन् । उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिए, जसको मद्दतमा इंग्ल्याण्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो । यो खेल इंग्ल्याण्डका लागि यो विश्वकपको महत्त्वपूर्ण खेल थियो ।

Tags: #आज भारत भर्सेस इंग्ल्याण्ड#दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.