×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

भारत र ईंग्ल्यान्डको खेलमा पानी पर्ने ९० प्रतिशत संभावना

१४ असार २०८१

१३ असार, एजेन्सी ।

अमेरिका र वेस्टइन्डिजमा जारी टी २० विश्वकपमा दक्षिण अफ्रिका पहिलो पटक उपाधि नजिक पुगेको छ । अब आज हुने ईंग्ल्यान्ड र भारतको खेल नतिजाले दक्षिण अफ्रिकासँग उपाधिका लागि भिड्ने टिमको टुंगो लाग्नेछ । तर वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल क्षेत्रमा आज वर्षा हुने अनुमानले यो खेलको प्रतिपक्षमा रहेकाहरुलाई चिन्तित तुल्याएको छ ।

Advertisement

वर्षाको संभावनाले सबैभन्दा बढी चिन्तित ईंग्ल्यान्ड बनेको छ । आजको खेल वर्षाका कारण रद्द भए भारत सिँधै फाइनलमा पुग्नेछ भने ईंग्ल्यान्ड घर फर्किनु पर्नेछ । गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने अनुमान गरिएको छ । वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ ।

यस्तै, पूर्व दिशाबाट ७ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्ने तथा २० किलोमिटर प्रतिघन्टाको दरमा हुरी पनि चल्न सक्ने जनाइएको छ । यसअघि सुपर ८ मा दुवै टीमबीच कम्तीमा ५–५ ओभरको खेल सम्भव भएमा नतिजा आउन सक्थ्यो । तर, सेमिफाइनलमा नतिजा आउन दुवै टीमले कम्तीमा १०–१० ओभर खेल्नुपर्छ ।

स्थानीय समयअनुसार बिहान १०ः३० मा खेल सुरू हुन्छ । यदि वर्षातले निर्धारित समयमा खेल सुरू हुन सकेन भने २५० मिनेटसम्म तन्काउन सकिने गरी व्यवस्था मिलाइएको छ । अर्थात् यदि २.४० बजेसम्ममा खेल सुरू हुन सक्यो भने ओभर घटाउनु पर्दैन । त्योभन्दा पनि ढिलाइ भएको खण्डमा चाहीँ ओभर घटाउनुपर्छ ।

यदि वर्षाका कारणले १०–१० ओभरको खेल पनि हुन सकेन भने भारत सिधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टिम फाइनलमा पुग्ने प्रावधान पहिल्यै तय गरिएको थियो । यस्तै खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

भारत र ईंग्ल्यान्डको सेमिफाइनलमा रिजर्भ डे पनि राखिएको छैन । यसअघि दक्षिण अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलका लागि भने रिजर्भ डे राखिएको थियो । आईसीसीले भने फाइनल खेलका लागि एक दिन मात्रै बाँकी रहेकाले रिजर्भ डे नराखिएको दाबी गरेको छ ।

यसअघि टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको थियो । आज २०२२ को बदला लिनका लागि भारतलाई मौका रहेको छ । टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेलमा जित हासिल गरेको छ । टी–२० विश्वकपको इतिहासमा भने इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । जहाँ दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top