बामपन्थी मारवाडी संगठनद्वारा सिलाई मेसिन वितरण

१६ असार ८१, आइतबार

१५ असार, विराटनगर।

नेपाल बामपन्थी मारवाडी संगठनले विराटनगरमा ३ महिने सिलाईकटाई तालिम लिएका स्वरोजगारउन्मुख महिला प्रशिक्षार्थीहरुलाई सिलाई मेसिन वितरण गरेको छ । म्याजिक फुटवेयरका राजेश बगडियाले प्रायोजन गरेका १५ वटा सिलाई मेसिनहरु तालिम लिएका महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रशिक्षार्थीहरुलाई वितरण गरिएको हो ।

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका कोशी प्रदेश प्रमुख घनश्याम खतिवडाले समाजलाई अगाडि बढाउन साथै सशक्त बनाउन आयोजित यस्ता कार्यक्रमहरुबाट आफू उत्साहित भएको भन्दै समाजका केही नकारात्मक तत्वहरुले मारवाडी समुदायप्रति विभिन्न आरोप र आलोचना गरेता पनि ति निराधार भएको बताए ।

उनले नेपाली मारवाडी व्यापारी व्यापारमा अबब्ल भएकोले उनीहरु माथि टेकेर राजनीतिक गर्न खोजेको तर्क पनि गरे । मारवाडीहरुले उद्योग व्यापार गरेर नेपालको अर्थतन्त्रलाई योगदान गर्नुका साथै देशमा रोजगारको अवसर प्रदान गर्दै आइरहेकाले मारवाडी समुदाय नेपालको उन्नति प्रगति र विकासको लागि धेरै आवश्यक रहेको भन्दै मारवाडी समुदायलाई राजनीतिमा ल्याउन पनि आवश्यक रहेकोमा जोड दिए ।

नेपाल बामपन्थी मारवाडी संगठनले गरेको यो एउटा सानो प्रयासले धेरै परिवारको उद्धार हुने र नगरपालिका तथा वडाबाट पनि यस्ता कार्यक्रमको आयोजना गर्दा अझ बढी व्यक्तिहरुलाई सीप प्रदान गरी रोजगारको अवसर बढाउन सकिने विश्वास लिइएको छ।

नेपाल बामपन्थी मारवाडी युवा संगठनले महिलाहरूलाई आत्मनिर्भर बनाइ आफै जिविकोपार्जन गर्न सक्षम बनाउने उदेश्यले सिलाईकटाई तालिम प्रदान गरेको जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल कोशी प्रदेशका अध्यक्ष विष्णु पन्त लगायत नेपाल बामपन्थी मारवाडी संगठनका वरिष्ठ उपाध्यक्ष तुलसी गोयल , उपाध्यक्ष अभिषेक केडिया, सचिव मयूर अग्रवाल , कोषाध्यक्ष गोपाल पोदार , सल्लाहकार राजेश शर्मा , लगायत सदस्य विवेक बजाज, महेन्द्र सोनी, कुञ्ज शारडा, विवेक अग्रवाल राजेश अग्रवाल, विजय सोनी पावन कन्दोई लगायतको उपस्थिती रहेको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top