जब मेसी नै पेनाल्टीमा चुके

२१ असार ८१, शुक्रबार

२१ असार,एजेन्सी ।
साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो। शुक्रबार बिहान भएको क्वाटरफाइनलमा अर्जेन्टिनाले टाइब्रेकरमा इक्वेडरलाई ४–२ गोलले हरायो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलमा अर्जेन्टिनाले अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । ३५ औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गर्दै टिमलाई अग्रतामा राखेका थिए । तर, इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडर खेलमा फर्किएको थियो ।

इक्वेडरका केबिन रोड्रिगेजले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा फर्काएका थिए । लियोनल मेसी पहिलो पेनाल्टीमा चुकेपनि त्यसपछि अर्जेन्टिनाले लगातार चार प्रहारमा गोल गरेको थियो। इक्वेडरले सुरुका दुई प्रहारमा गोल गर्न सकेको थिएन। टाइब्रेकरमा अर्जेन्टिनाका एलक्सिस म्याक एलिस्टर, गोन्जालो मन्टियल, निकोलस ओटामेन्डी र जुलियान अल्भारेजले गोल गरे।

Advertisement

मेस्सीको प्रहार क्रस बारमा लागेको थियो। यता अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। त्यसपछिका दुई प्रहारमा गोल गरेपनि अर्जेन्टिनाले पाचौँ प्रहारमा गोल गरेकाले इक्वेडरले आफ्नो अन्तिम पेनाल्टी प्रहार गरिरहन परेन। त्यसअघि खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो।

६२ औँ मिनेटमा इक्वेडरले पेनाल्टी सदुपयोग गर्न सकेन। साबिक विजेता अर्जेन्टिना अर्जेन्टिनाले यसअघि क्यान्डालाई २–०, चिलीलाई १–० र पेरुलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top