×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

१० बर्षमा ६ लाख नेपाली विद्यार्थी विदेशिए,कति पैसा बाहिरियो ?

२४ असार २०८१

२३ असार, काठमाण्डौ ।

हामी सबैलाई थाहा भएकै विषय हो, नेपालबाट वैदेशिक अध्ययनमा जानेहरुको लर्को हरेक वर्ष बढ्दो क्रममा छ । वैदेशिक रोजगारीकालागि या भनौँ अध्ययनका लागि पछिल्लो समय खाडीका देश, अमेरिका, क्यानडा, अस्टेलियासँगसँगै यूरोप जानेको समेत लर्को लाग्ने गरेको छ । श्रमिक सँगसँगै नेपाली विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा विदेशीरहेको छ छ । आज हामी विदेशिने विद्यार्थीको विषयमा कुरा गर्दैछौँ ।

Advertisement
Advertisement

नेपालबाट विशेषगरी स्नातक तह पढ्नका लागि अध्ययन भिसामा जाने अनि नफर्कने प्रवृत्तिका कारण देशबाट युवासँगै पुँजी पलायन भइरहेको छ । तर विदेश नै गएर अध्ययन गर्नुको तुलनामा निकै कम शुल्कमा विदेशी विश्वविद्यालयमा पढाई हुने विषयहरु स्वदेशमै पनि उपलव्ध छन् । विदेशका विश्वविद्यालयहरुमा अध्ययन गर्नुका साथै कमाई पनि गर्न सकिने भएपछि पछिल्लो समय विदेश जाने विद्यार्थीको संख्या निकै उकालो लागेको छ ।

नेपालबाट पछिल्ला ३ बर्ष यता मात्रै बार्षिक १ लाख भन्दा बढी विद्यार्थीहरु बाहिरिने गरेका छन् । हुन त शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा राजनीति गर्न नमिल्नेलगायत चालेको पछिल्लो केही कदमहरुले नेपालमा गुणस्तरीय शिक्षा अब पाइएला भन्नेमा केही आशावादी पक्कै छौँ तर नेपालमा छिन्छिन्मा हुने सरकार उलटफेरले सरकार अस्थिर हुँदा मन्त्रीहरु परिवर्तन हुने क्रम चलिरहँदा जनतामा भर्खरै पलाएको आशा कतिबेला निराशामा बद्लिने हो भन्न सक्ने स्थिति छैन ।

१० बर्ष यता ६ लाख नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि गइसकेका छन् । देशभर उच्च शिक्षामा जम्मा ५ लाख ५६ हजार विद्यार्थी अध्ययरत छन् । तर विगत २६ बर्षदेखि विदेशका नाम चलेका विश्वविद्यालयहरुको पाठ्यक्रम नेपालमै अध्ययन गर्ने सुविधा उपलव्ध छ । देशभित्रका धेरै शिक्षण संस्थाहरुले विश्वका नाम चलेका विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपालमा बेलायत, अमेरिका, मलेसिया, थाईल्यान्ड लगायतका ९ देशका ३५ विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । नेपालमै बसेर ५८ वटा कलेजबाट ३० हजार विद्यार्थीले विदेशी विश्वविद्यालयको शिक्षा लिइरहेका छन् । यस्ता कलेजहरुमा सूचना प्रविधि, व्यवस्थापन, होटल म्यानेजमेन्ट लगाएत २ सय ४० वटा बिषय पढाई हुन्छ ।

नेपालमा साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकसम्मका विषय अध्ययन हुन्छन् । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर बीएसआईटी, एमएसआईटी, बीबीए र एमबीए, बिजनेस तथा टेक्नोलोजी लगायत कार्यक्रम पनि सञ्चालन भईरहेको छ । एमबीएमा डेटा एनालाइटिक्स, एमबीएस आईटी, इन्फर्मेसन टेक्नोलोजी, मोबाइल एप्लिकेशन डेभलपमेन्ट र कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स बीएससी सफ्टवेयर इन्जिनियरिङ, इन्भाइरोन्मेन्टल साइनस, बीबीए, बीएससी नेटवर्क इन्जिनियरिङलगायतका विषय पढाइ हुन्छ ।

यी बिषय अध्ययन गर्ने विद्यार्थीले ३ सय ६० क्रेडिट पूरा गरेपछि विश्वमा जहाँसुकै पनि स्नातकको मान्यता पाउने कलेजहरुले जनाएका छन् ।२०८० सालमा मात्रै एक लाख १४ हजार ४२२ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांक अनुसार २०८० वैशाखदेखि चैत महिनासम्म उक्त सख्यामा एनओसी जारी भएका थिए । त्यसरी विदेश पढ्न जानेमध्ये धेरै जसो जापानी भाषा पढ्न जापान पुगेको देखिन्छ ।

त्यस्तै बिजशेन स्टडी, म्यानेजमेन्ट, इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न बढी विद्यार्थीहरू विदेश जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जबकि यिनै विषयको पठनपाठन हुने कलेज तथा शिक्षण संस्थाहरू नेपालमा समेत बढी छन् । जहाँ विद्यार्थीहरूको चाप समेत बढी छ ।

त्यही विषयको अध्ययनका लागि विद्यार्थीहरू बाहिर जाने गरेको देखिएको हो । शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार २०८० सालमा जापानी भाषा अध्ययनका लागि ३३ हजार १६१ विद्यार्थीले एनओसीले लिएका छन् । जापानमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीलाई सबैभन्दा पहिला जापानी भाषा पढ्नुपर्ने जापानको प्रावधान छ । निश्चित समय जापानी भाषा पढेपछि मात्रै थप अध्ययनका लागि अनुमति पाइन्छ ।

दोस्रो नम्बरमा रहेको म्यानेजमेन्ट पढ्नका लागि जाने गरेको देखिएको छ । म्यानेजमेन्ट पढ्नका लागि २०८० मा २८ हजार ६९१ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै बिजनेश स्टडीका लागि ११,३१५, इन्फरमेशन टेक्नोलोजी ६,८०३, साइन्स ४,८७१, हेल्थ ४,७५४, कम्प्युटर साइन्स ४,२८३, इन्जिनियरिङ ४२७२, साइन्स एण्ड टेक्नोलोजी ४१५८, हस्पिटालिटीका लागि ३०१६ एनओसी जारी भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएका कलेजले एक बिषयको १४ लाख सम्म शुल्क लिने गरेका छन् । जुन रकम विदेश गएर पढ्नु भन्दा धेरै कम हो भने विदेशमा जस्तो पढ्दै आफ्नो खर्च जुटाउनु पर्ने बाध्यतामा पनि हुँदै भने घरपरिवारकै बीचमा रहेर पनि यस्ता कोर्षहरु स्वदेशमै गर्न सकिन्छ । विश्वस्तरका शिक्षा स्वदेशमै पाउनु सकरात्मक विषय भएपनि यसमा केही कमीजोरीहरु भने छन् ।

जस्तै विदेशको यूनिभर्सिटीबाट सम्बन्धन पाएर सञ्चालन भइरहेका कलेजहरुको अनुगमन हुन नसक्दा यस्ता शिक्षण संस्थाहरु शैक्षिक परामर्श संस्था जस्तै बनेका कारण विद्यार्थीसम्म यस्ता शिक्षण संस्थाहरुको पहुँच पुग्न सकिरहेको छैन ।नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ९५ अर्ब बढी रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसरी अध्ययनका लागि विद्याथी विदेशीदाँ ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले नै जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोहि अवधिमा यसरी अध्ययन अन्तर्गत वाहिरिने रकम ४२.६५ प्रतिशतले बढेको छ । गत आवको चैतसम्म ६७ अर्ब १९ करोड रुपैयाँ अध्ययन अन्तर्गत वाहिरिएको थियो । चालु आवको ९ महिनासम्म खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १०० अर्ब ५४ करोड रहेको थियो ।

Advertisement

विदेशकै पढाई यहीँ हुने भएपछि विदेश जाने विद्यार्थी घट्नुपर्नेमा उल्टो बढीरहेको छ । यहाँ अध्ययन गरे अनुसारको रोजगारी र पारिश्रामिक लगायतका समस्या समाधान गर्न सके विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ कि ? विदेश पलायन रोक्न र यो क्रमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारको ध्यान जान जरुरी छ । नेपालमै विदेश जसरी अध्ययन गर्ने वातावरण मिलाउन, अध्ययन पछिको रोजगारी र पढ्न जाने बहानामा उतै पलायन हुने क्रम रोक्न के–के गर्न जरुरी छ ? यसबारे तपाईका प्रतिक्रियामार्फत जाहेर गर्नसक्नुहुनेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top