विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतद्धारा फुकुवा,आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहमत

विस्फोटक पदार्थको अघोषित नाकाबन्दी भारतद्धारा फुकुवा,आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहमत

काठमाडौं : भारतले विस्फोटक पदार्थ आयातमा लगाउँदै आएको अघोषित नाकाबन्दी फुकुवा गरेको छ ।

परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत पठाएको पत्राचारबमोजिम विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध गराउन सहमत भएको हो । ,यो समाचार आजको कारोबारमा छापिएको छ ।

सोही सहमतिअनुसार पहिलो चरणमा भारतबाट ६ सय मेट्रिक टन भन्दा बढी कच्चा पदार्थ केही साताभित्रै नेपाल आइपुग्ने सैनिक उच्च अधिकारीले जानकारी दिए ।

पछिल्लो चार बर्षदेखि भारतले सेनाले मागेअनुसार बम गोलीगठ्ठा तथा अन्य घातक सैन्य सामाग्री बनाउन चाहिने कच्चा पदार्थ उपलब्ध गराएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.