×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

कांग्रेस सरकारमा जादा विश्वप्रकाश प्रतिपक्ष बन्ने

२८ असार २०८१

२७ असार, काठमाण्डौ ।

पहिलो र दोस्रो ठूलो दलको गठबन्धन बनेपछि पूर्ण बहुमतको सरकार बन्ने सुनिश्चित बनेसँगै दुई दलमा मन्त्री बन्नका लागि दौडधूप बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत नपाए नयाँ सरकारको बाटो त खुल्छ ।

Advertisement
Advertisement

तर संविधानको ७६ को उपधारा २ वमोजिम संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको सहमतिमा बहुमतको सरकार बन्छ कि ७६को ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योलता कायमै छ।

प्रारम्भिकमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाए त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्ने पत्रले छिनोफानो गर्नेछ ।

यद्यपि राष्ट्रपतिबाट ७६को २ अनुशार नै बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि पुनः सोही धारा वमोजिम नै सरकार गठनका लागि आह्वान गरे अदालतसम्म यो विषय जानसक्ने देखिन्छ ।

अर्काे तर्फ नया समीकरण अनुशार दुई ठूला दल नै सरकारमा जाने भएपछि संसदमा प्रतिपक्षको आवाज कमजोर हुने प्रश्न उठिरहेका बेला पार्टी भित्र मन्त्री बन्नका लागि दौड चलिरहदा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा भएको अगुवा पार्टी कार्यकर्ताको भेलामा महामन्त्री शर्माले भावी सरकारमा नजाने बताएका हुन्। सभापति, उपसभापति र महामन्त्रीका पाँच प्रमुख पदाधिकारीमा हालसम्म सरकारमा सहभागी नहुने शर्मा मात्रै छन् ।

दुई ठूला दल मिलेर सरकारमा जाँदा प्रतिपक्षको शक्ति कमजोर हुने कतिपयको चिन्ता स्वाभाविक रहेको उनले बताएका छन् । ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले अगुवा कार्यकर्ता भेलामा भनेका छन्, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’

यसको अर्थ विश्वप्रकाशको दल सरकारमा गएपनि उनले संसदमा प्रतिपक्षको रुपमा खबरदारी निभाउने छन् । १७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो ।

दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन । शर्माले अर्का महामन्त्री गगन थापाको नेतृत्वमा सरकारमा सहभागी हुनु कांग्रेसका लागि उपयुक्त हुने बताएका छन् ।

यद्यपि प्रकाशमान सिंह, रमेश लेखक लगायतले समेत पार्टीको नेतृत्व लिएर सरकारमा जाने लबिङ गरिरहेका छन् । कांग्रेसमा महामन्त्री गगन र विश्वप्रकाश राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम गृहमन्त्री रविलामछिानेविरुद्ध सहकारी प्रकरणमा छानविन हुनु पर्ने चट्टानी अडानमा रहदै आएका नेता हुन् ।

उनीहरुले संसदमा पटक पटक रविविरुद्ध आक्रोशपुर्ण अभिब्यक्ति दिँदै आएका थिए । पछिल्लो समय पनि भ्रष्टचारका फाइल खुल्ने डरले नयाँ गठबन्धन बनेको रविले संकेत गरेपछि शर्माले अझै सरकारमा नै रहेकाले ती फाइल खोल्न भन्दै रविलाई नै चुनौती दिएका थिए ।

अर्काे तर्फ रास्वपा अहिले आफै पार्टीको आन्तरिक विवादमा फसेको छ । महामन्त्री मुकुल ढकालले लेखेको प्रतिवेदनले रास्वपामा कम्पन नै उत्पन्न गराएको छ । रास्वपाको यो नितान्त आन्तरिक विष्या माथि पनि विश्वप्रकाशले टिप्पणी गरेका छन् ।

उनले रास्वपाबाट साधारण सदस्यसहित सबै पदीय जिम्मेवारीबाट निकाष्शित मुकुलको पक्षपोषण गर्दै सामाजिक संजालमा रास्वपा नेतृत्वमाथि प्रहार गरेका छन् ।

महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताएका छन् । रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताएका हुन्।

महामन्त्री शर्माले सामाजिक संजाल एक्समा लेखेका छन्,‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु पर्दैन । प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ र रहिरहनेछ, रूपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी ।’

Advertisement

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top