×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेसी र स्वरेज विनानै मियामीको जित

३ श्रावण २०८१

३ साउन , एजेन्सी ।

इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए।

Advertisement

त्यसै गरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए। यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केही खेल गुमाउने भएका छन्।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शीर्ष स्थानमा रहेको छ। त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अङ्कसहित आठौँ स्थानमा छ। इता अर्जेन्टिनाका कप्तान लियोनल मेसी करिब डेढ महिना मैदान बाहिर बस्नुपर्ने भएको छ। अर्जेन्टिनी मिडिया टीवाईसी स्पोर्ट्सका अनुसार खुट्टामा चोट लागेर कोपा अमेरिकाको फाइनलबीचमै छोड्नु परेका मेसी कम्तीमा पनि ४०–४५ दिन मैदान बाहिर रहने बताइएको छ।

कोपा अमेरिकाको फाइनल खेल दौरान मेसीले चोट बोकेका थिए। चोटकै कारण उनले दोस्रो हाफमा खेल्न नसकी मैदान छाडेका थिए । बेन्चमा बसिरहँदा पनि मेसी भक्कानिँदै रोएका थिए। मेसीको गोलीगाँठोमा चोट लागेको थियो। उक्त खेल दौरान नै मेसीको खुट्टा सुन्निएको थियो भने उनले राम्रोसँग टेक्न पनि सकिरहेका थिएनन्।

तर, उनीबिना पनि अर्जेन्टिनाले कोलम्बियालाई हराएर लगातार दोस्रोपटक कोपाको उपाधि भने जित्न सफल भयो । मेसीका लागि यो लगातारको तेस्रो शीर्ष उपाधि बनेको छ । तर, फाइनल खेलमा दौरान चोटग्रस्त बनेका मेसीले अब लामो समय फुटबल खेल्न नसक्ने भएका छन्। कोपा अमेरिकामा मेसीले ६ म्याचमा एक गोल र एक असिस्ट गरेका थिए ।

Advertisement

अब मेसी इन्टर मायमीले खेल्ने केहि महत्वपूर्ण खेलहरूमा भने उपलब्ध हुने छैनन। उनको चोट सामान्य नरहेकाले उपचार गर्न र निको हुन महिनौंसम्म लाग्न सक्ने भनिएको छ। मेसी डेढ महिनासम्म मैदान फर्किन सकेनन् भने उनले सबैखाले प्रतियोगितामा गरी ८ खेलसम्म गुमाउन सक्छन्।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top