×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एम्बाप्पे तत्काल रियलको टिममा नदेखिने, कारण यस्तो

४ श्रावण २०८१

४ साउन , एजेन्सी ।
फ्रान्सेली स्टार केलियन एम्बाप्पे फुटबल करिअरमा अन्ततः आफ्नो ‘ड्रिम टिम’ मा पुगेकाछन् । स्पेनिस क्लब रियल मड्रिडका नयाँ खेलाडीका रूपमा एम्बाप्पेले औपचारिकता पाइसकेका छन् । गत मंगलबार फ्रान्सेली खेलाडीलाई रियलले टिमको नयाँ सदस्यका रूपमा प्रस्तुत ग¥यो । अबको पाँच वर्षमा च्याम्पियन्स लिग र बालोन डी’ओर जित्ने विश्वासका उनी रियलमा प्रवेश गरेका छन् ।

यद्यपि, उनी तत्काल रियल मड्रिडको जर्सीमा देखिने छैनन् । ६ अगस्टसम्म उनले आराम नै गर्नेछन् । युरोकप र कोपा अमेरिकाको सेमिफाइनल वा फाइनलमा पुग्ने सबै खेलाडीले आरामका लागि समय पाउँछन् । २०२४ मा सम्पन्न प्रतियोगिताका सेमिफाइनलिस्ट र फाइनलिस्ट खेलाडीलाई आरामका लागि ६ अगस्टसम्मको समय दिइएको छ ।

Advertisement
Advertisement

लगत्तै एम्बाप्पले अन्य खेलाडीसहित आफ्नो प्रशिक्षण सुरु गर्नेछन् । १४ अगस्टमा रियल मड्रिडले सिजनको पहिलो आधिकारिक म्याच खेल्ने छ । त्यो बेलासम्म एम्बाप्पे र उनका साथीले दुई चरणमा प्रशिक्षण सकिसकेका हुनेछन् । रियल मड्रिडको जर्सीमा उनको यो पहिलो म्याच हुने सम्भावना छ । कुनै बेला रोनाल्डोले खेलेको यो क्लबमा उनका समर्थकका लागि एम्बाप्पे नयाँ आशा हुनेछन् ।

किनकि, उनी रोनाल्डोलाई असाध्यै मान्छन् । रोनाल्डोका समर्थकका लागि एम्बाप्पे अर्को विश्वास पात्र हुने सम्भावना छ । फेरि एमबाप्पे रोनाल्डोले नै लगाएको ९ नम्बर जर्सीमा देखिनेछन् । एम्बाप्पेलाई भित्र्याएको भोलिपल्ट बुधबार रियल मड्रिडले कप्तान लुका मोड्रिचसँगको सम्झौता पनि नवीकरण गरेको छ । रियलले बुधबार ३८ वर्षीय मोड्रिचसँगको सम्झौता एक वर्ष थप गर्ने सहमति गरेको हो ।

६ पटकको च्याम्पियन्स लिग विजेता मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटनहमबाट स्पेनिस क्लब आएका थिए । सन् २०१८ को बालन डी‘अर विजेता मोड्रिचले रियाल मड्रिडबाट ५३४ खेल खेल्दा ३९ गोल गरेका छन् । गएको सिजनमा मोड्रिचले रियाल मड्रिडबाट कुल ४६ खेल खेलेका थिए । तर, यसमध्ये मोड्रिचले २३ खेलमा मात्र सुरुआती–११ मा मौका पाएका थिए ।

युरो–२०२४ मा क्रोएसियाको कप्तानी सम्हालेका मोड्रिच उक्त प्रतियोगिताको तीन खेलमै पहिलो रोजाइमा मैदान उत्रिएका थिए । मोड्रिच र रियलबीचको सम्झौता जुनमै समाप्त भएको थियो । तर, प्रशिक्षक कार्लो एन्सोलोट्टीको प्रमुख मिडफिल्डर बनेका मोड्रिचले सम्झौता गरेसँगै उनले एम्बाप्पेसँगै क्लबबाट १३औँ सिजन खेल्ने छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top