विकास र समृद्धिका लागि एमाले र कांग्रेसबीच सहकार्यः मुख्यमन्त्री

६ साउन, विराटनगर ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर देशमा विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा एमाले र नेपाली कांग्रेस बीच सहकार्य भएको बताएका छन् । मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको बताउदै अस्थिरताका कारण मुलुकलाई ठूलो क्षति पुगेकोले एमालेले आफ्नो मुल प्रतिस्पर्धी पार्टी कांग्रेस संगै सहकार्य गर्न बाध्य भएको बताए ।

उदयपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने बताउदै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने बताए । उनले भने“ हामी जुवामा मुल खेलाडीले हार्ने र च्याखे थाप्नेहारुले जित्ने खालको च्याखे थापेर सरकार चलाउदैनौ ।

च्याखे थाप्ने र उथलपुथल गर्ने प्रवर्तिका विरुद्ध अहिलेको समीकरण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरि सहकार्य गर्ने बताए । मुख्यमन्त्री कार्कीले आफुहरुले कांग्रेस संग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टी बीच स्वस्थ प्रतिस्पर्धा हुने समेत बताए ।

कार्कीले कांग्रेस आफुहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि बर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दावी गरे । मुख्यमन्त्री कार्कीले एमाले सँधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेस संग सहकार्य गर्न पुगेको बताए । कोशी प्रदेश सरकारको नेतृत्व आफुले गरिरहँदा जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोमा आफु दुखी रहेको बताउदै यी सबै सरकार फेरबदलको खेल मुख्य जिम्मेवार भएकोले बताउदै अब भने प्रदेशले स्थिरता सरकार पाएकाले काममा गति पाउने उल्लेख गरे।

कांग्रेस सँगको सहकार्य मार्फत अब मुलुकलाई एमालेले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को महत्वपूर्ण आकांक्षा पुरा गर्ने गरि बाकी कार्यकालमा सकारको नेतृत्व एमालेले गरिरहेको उनले बताए ।नेकपा एमाले चौदण्डीगढी नगर कमिटिको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरि १६२ जना एमालेमा प्रवेश गरेका थिए ।

ठुलो संख्यामा उपस्थित एमाले नेता तथा कार्यकर्ताले एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमा बाल्दै नेकपा एमाले कोशी प्रदेश कमिटि उपाध्यक्ष टिकाराम चेम्जोङ्गले एमालेका जनप्रतिनिधिले जनअपेक्षित काम गर्ने भएकोले पनि जनतामा एमाले प्रति बिश्वास र भरोसा बढेको बताए ।

कार्यक्रमा बोल्दै एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउदै उदयपुरमा मिसन ८४ सफलता तर्फ उन्मुख भएको दावी गरे । अध्यक्ष राउतले आफु पार्टीको जिम्मेवारीमा आएदेखि पार्टी प्रवेसको कार्यक्रम संचालन गर्दै आएको भन्दै एमालेलाई २०८४ को चुनावमा लालाकिल्लाका रुपमा स्थापित गरेर छोड्ने दावी गरे ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top