नेपाललाई विश्वकप पुग्न पहिलाभन्दा अब सहज

७ साउन ८१, मंगलबार

८ साउन , एजेन्सी ।

एसिसी महिला एसिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।

१–१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २–२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।

Advertisement

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आज भारविरुद्धको खेल जित्नै पर्ने दबाब छ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।

Advertisement

पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ । पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ । पछिल्लो खेलमा पाकिस्तान विरुद्ध १० विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो ।

तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । एसिया कपमा युएईविरुद्धको जित नै नेपालको पहिलो जित हो ।

अपराजित रहेको भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ । यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सोमबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ ।

आईसीसीले गरेको पछिल्लो निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने भएको छ । बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ ।

जसअनुसार अब युरोप र अफ्रीकाबाट २–२, अमेरिकाबाट १ तथा एसिया र इस्ट एसिया प्यासिफिक (इएपी) क्षेत्रबाट ३ टोली छनोट हुनेछन्। यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुने प्रावधान थियो ।

एसियाबाट विश्वकपमा पुग्न मुख्य गरी नेपाल, ओमान, यूएई र हङकङ दाबेदार रहने गरेकोमा तीन टोली हुँदा नेपाललाई केही सहज हुने भएको छ । अब क्षेत्रीय स्तरमा छनोट खेलेपछि अन्तिम चरण छनोट भने एकसाथ हुनेछ ।

यससँगै अब नेपालसँगै अन्य राष्ट्रले छनोटको सेमिफाइनलमा पराजित भएपनि विश्वकपमा पुग्न अर्को अवसर पाउने समीकरण बन्नेछ । यसले एसोसिएट क्षेत्रको बलियो मानिने नेपाल, यूएई र ओमान तीनै टोली एकसाथ विश्वकपमा छनोट हुने ढोका पनि खुलेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top