NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

भारतले बढायो नेपाललाई दिने अनुदान रकम

मङ्लबार साउन ८ , २०८१
Reading Time: 1 min read
A A
भारतले बढायो नेपाललाई दिने अनुदान रकम
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ साउन , विराटनगर।

भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् ।

वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो कार्यकालको सातौँपटक वित्त वर्ष २०२४÷२५ को बजेट सार्वजनिक गरेकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ तर नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

LS Auto

सीतारमणले नेपाललाई यस आर्थिक वर्षमा कुल ७ सय करोड भारुबराबरको अनुदान प्रदान गरिने बताइन् । यो रकम अघिल्लो आवमा प्रदान गरिएको अनुदानको तुलनामा ५० करोड बढी हो ।

भारत सरकारले अघिल्लो आवमा भने नेपालका लागि ६५० करोड भारु बराबरको अनुदान छुट्टाएको थियो । गत आवमा पहिलोपटक नेपालका लागि ५५० करोड छुट्टाइएकोमा पछि संशोधित बजेटमा थप १०० करोड भारु थप गर्दै अनु्दान रकमलाई ६५० पुर्याइएको थियो ।

यो आवमा भारतले सबैभन्दा धेरै अनुदान भुटानका लागि छुट्टाएको छ । भारत सरकारले भुटानलाई २ हजार ६८.५६ करोड भारु दिने निर्णय गरेको छ ।

त्यस्तै अफगानिस्तानलाई २०० करोड भारु, बंगलादेशलाई १२० करोड, श्रीलंकालाई २४५ करोड,माल्दिभ्सलाई ४०० करोड र म्यान्मारलाई २५० करोड भारु अनुदानका रुपमा प्रदान गरिने सीतारमणले बताइन् ।

यस्तै मंगोलियालाई ५ करोड, अफ्रिकी देशलाई २ अर्ब, युरेसियन देशलाई २० करोड, ल्याटिन अमेरिकी देशलाई ३० करोड, अन्य विकासोन्मुख देशलाई १ अर्ब २५ करोड विनियोजन गरेको छ ।

भारतले छिमेकी मुलुकहरूलाई दिने अनुदान बजेटमै उल्लेख गरी सार्वजनिक गर्दै आएको छ । जसमा नेपाल, भुटानसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मंगोलियालाई अनुदान दिने गरी बजेट विनियोजन गर्छ ।

धेरै अनुदान पाउनेमा भुटान र नेपाल नै अगाडि छन् ।भारतीय वित्त मन्त्री निर्मला सितारमणले आज लोकसभामा आर्थिक वर्ष २०२४ २५ को बजेट पेस गरेकी हुन् । बजेटमा नरेन्द्र मोदी सरकारले केन्द्रमा गठबन्धन दलमा रहेका दुई पार्टीका लागि ठूलै रकम छुट्याएको छ।

लोकसभा निर्वाचनमा बहुमत ल्याउन नसकेपछि विहारका नितिश कुमारको जेडीयु र आन्ध्रप्रदेशका चन्द्रबाबुको सहयोगमा केन्द्रमा मोदीले सरकार बनाएकाछन् । उनीहरुको सहयोग बिना मोदीलाई पूरा कार्यकाल सत्ता टिकाउन गारो हुने छ ।

त्यसैले तेस्रो कार्यकालको पहिलो बजेटमा मोदी सरकारले आफ्ना गठबन्धन दलमा प्रभुत्व रहेको प्रदेशका लागि हजारौं करोड रकम छुट्याएको हो । विहारको सडक र पूर्वाधार निर्माणका लागि २६ हजार करोड, भारतीय रुपैया छुट्याइएको सीतारामणले बताएकी छन् ।

यस्तै गंगा नदीमा दुई लेनको पुल निर्माण गर्ने घोषणा भएको छ । साथै पटना पुर्णिया एक्सप्रेसवे, बस्कर भागलपुर एक्सप्रेसवेसंगै बोधगया, राजगीर, बैशाली र दरभंगामा सडक निर्माण गरिने भएको छ ।

यसका साथै नालन्दालाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने र गयाको विष्णुपद मन्दिरसंगै महाबोधी मन्दिरलाई काशी विश्वनाथको दर्जामा विकास गरिने घोषणा उनले गरिन् । विहारमा बाढी रोकथाम र सिचाइँका लागि पनि प्याकेज घोषणा गरिएको छ ।

यता आन्ध्र प्रदेशलाई २५ हजार करोड भारतीय रुपैंया दिने घोषणा सीतारमणले गरिन् । बजेटमा रोजगार, उद्यम, इनोभेसन, शहर विकास, अनुशन्धान र उर्जा सुरक्षालाई यसपटक प्राथमिकतामा राखिएको छ ।

यो बजेट मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट हो । बजेटमा समेटिएका प्रावधानहरुबारे प्रधानमंत्री मोदीले खुशी व्यक्त गरेका छन् । उनले भने, यो बजेटले देशलाई समृद्धितर्फ लिएर जानेछ ।

र यो बजेटमा समाजका सबै वर्गहरुलाई ध्यानमा राखिएको छ । उनले भने यो शक्ति दिने खालको बजेट छ । यो किसानहरुलाई, युवाहरुलाई प्रगतिको बाटोमा लैजाने खालको बजेट हो ।

पछिल्लो १० वर्षमा २५ करोड मानिसहरु गरिबीबाट बाहिर निस्किएका छन् । मोदीले भने यो उनीहरुको आर्थिक प्रगतिमा निरन्तरताको बजेट हो । यसले युवाहरुलाई अनगिन्ती मौका दिनेछ । यो बजेटले मध्यम वर्गलाई नयाँ शक्ति दिनेछ ।

यो जनजाती समाज, दलित, पछाडी परेकालाई शसक्त बनाउने योजनाकासाथ आएको छ । मोदी भन्छन् यो बजेटले महिलाहरुको आर्थिक सहभागिता सुनिश्चि गर्न सहयोग गर्छ । उनले यो बजेट व्यापारिहरु, लघु उद्योगहरुलाई प्रगतिको नयाँ बाटो दिन सक्षम रहेको दाबी गरेका छन् ।

भारत सरकारले मंगलबार ल्याएको बजेटमा सबैभन्दा धेरै रक्षातर्फ ४ लाख ५४ हजार ७ सय ७३ करोड भारु छुट्याएको छ । त्यसपछि ग्रामीण विकासमा २ लाख ६५ हजार ८ सय ८ करोड र कृषितर्फ १ लाख ५१ हजार ८ सय ५१ करोड भारु छुट्याएको छ ।

त्यस्तै गृह मन्त्रालयलाई १ लाख ५० हजार ९ सय ८३ करोड र शिक्षातर्फ १ लाख २५ हजार ६ सय ३८ करोड भारु छुट्याइएको छ । आज प्रस्तुत भएको भारतको बजेट यसमा नेपाललाई बढाएर छुट्याइएको अनुदानबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#बजेटमा गठबन्धन दललाई मोदीको उपहार#बजेटमा मोदीको उपहार#भारतले बढायो नेपाललाई दिने अनुदान

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.