×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु

९ श्रावण २०८१

९ साउन , एजेन्सी ।
पेरिस ओलम्पिक–२०२४ मा आजदेखि पुरुष फुटबलतर्फका खेलहरू सुरू हुँदै छन् । ओलम्पिक फ्रान्सको पेरिसमा जुलाई २६ देखि आधिकारिक रुपमा सुरु हुने भए पनि पुरुष फुटबल भने आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन कुल आठ खेल हुने तालिका छ । आज भने नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि स्पेनले उज्वेकिस्तान र अर्जेन्टिनाले मोरोक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

राति ८ः४५ बजेदेखि न्युजिल्यान्डले गुयना र इजिप्टले डोमिनिक गणतन्त्रविरुद्ध खेल्नेछन् । राति १०ः४५ बजेदेखि इराकले युक्रेन र जापानले पाराग्वेविरुद्ध खेल्ने तालिका छ । राति १२ः४५ बजे पनि दुई खेल हुनेछन् । जसमा फ्रान्सले अमेरिका र मालीले इजरायलविरुद्ध खेल्ने छन् । प्रतियोगिताको पुरुष फुटबलतर्फ कुल १६ टिमको सहभागिता छ ।

Advertisement
Advertisement

जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । यस ओलम्पिकमा चार नयाँ खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्ने छ । यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रने छन ।

३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेल स्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन । यस्तै यसपटक पेरिससामु सुरक्षाका ठूलो चुनौती रहेको ठानिएको छ ।

उद्घाटन समारोहमा ड्रोन आक्रमणको चेतावनी आइरहेको छ । जसले गर्दा सरकारले सेन नदीको किनारामा आधा दर्शक घटाइसकेको छ । सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सैनिक र ४० हजार प्रहरी परिचालन गरिने बताइएको छ । यसबाहेक अन्य देशका थप दुई हजार सैनिक र पुलिस अधिकारीहरू पनि हुने छन । राजनीतिक हिसाबले फ्रान्समा अस्थिरता छ ।

संसदीय चुनावको चटारो पनि छ । राष्ट्रपति माकरनले चुनाव जुन ३० र जुलाई ७ मा गर्ने घोषणा गरिसकेका छन् तर आइओसीले यसको प्रभाव ओलम्पिकमा नपर्ने बताइसकेको छ । यसैबीच ३३औँ गृष्मकालीन ओलम्पिकको मार्च पासमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन ।

स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका हुन । टेबलटेनिसकी स्यान्टु छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने तेस्रो नेपाली खेलाडी हुन । टेबलटेनिसबाट ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन । स्यान्टुअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरी ओलम्पिक खेलेका थिए ।

Advertisement

संगिनाले सन् २००४ को एथेन्स, दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । पेरिस ओलम्पिकमा झन्डा बोक्ने जुडोकी मनिता वाइल्डकार्डबाट छनोट भएकी हुन । ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ब्याडमिन्टका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन । प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीको ओलम्पिक सोलिडारिटीअन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top